काठमाडौं। बडा दशैंको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रव्दारा शुभकामना आदान–प्रदान गरेको छ।

काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित बागबजारको सिटी स्क्वायरमा आयोजित कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको मार्फत नेपाली समाजमा दिएको योगदानको कदर स्वरुप सार्वजनिक सम्मान तथा अभिनन्दन गरेको छ। सामुदायिक सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले दोसल्ला ओढाएर रेकर्डेट रक्तदाता कमाचार्यको सम्मान तथा अभिनन्दन गरिएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर २८ बागबजार इच्छुमति नदी किनारका स्थानियबासिन्दा समेत रहेका कर्माचार्यको अलावा सोही वडाका स्रष्टाहरु बरिष्ठ गायक प्रेमध्वज प्रधान, लोकप्रिय संगीतकार राजु सिंह, नृत्य निर्देशक श्याम खड्गी लगायत दलवहादुर छिमि श्रेष्ठ, नजरमान तण्डुकार, गणेशवहादुर खड्गी, रामपुकार श्रेष्ठ, रामसुन्दर रायमाझी र बाबुकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

प्रहरी नायब निरीक्षक मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको संचालन ट्राफिक प्रहरी सन्तोष सापकोटाले गरेका थिए।
प्रकाशन मिति–२०७५ साल असोज २७ गते शनिवार ।