काठमाडौं। बडा दशै,शुभ–दीपावली,नेपाल सम्वत नयाँ बर्ष ११४०, छठ पर्वको अवसरमा काठमाडौंको बालुवाटार स्थित टुँडालदेवी मन्दिर परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ। बिगत बर्ष झै यस बर्ष पनि सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो।

केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा र महानगरीय प्रहरी परिसरका प्रमुख प्र.ब.उ.उतमराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम संपन्न भएको थियो। केन्द्रका सचिव मीन प्रसाद पौडयालले चाडपर्वको शुभकामना सहित संचालन भएको कार्यक्रममा प्रमुख अतिथि प्र.ब.उ.उतमराज सुवेदीले मन्तव्यमा विकृति र विसंगतीलाई न्युनिकरण गर्नका लागि जनता र प्रहरीबीचको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्ट, वडा सदस्य दिनेश महर्जन, महाराजगन्ज प्रहरी इन्चार्ज उमेश लम्साल,कमलपोखरी इन्चार्ज भरत बहादुर बिक,,जियनदाई शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सभालाई सम्बोधन गदै अध्यक्ष न्यौपानेले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बाध्न सहयोग गरेको बताउंदै सबै नेपालीको सु–स्वास्थ्य,समृद्धिको कामना गरेका थिए।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, कमलपोखरी ट्राफिक इन्चार्ज सुनिल कार्की, नेपाल प्रहरी,सामुदायिक प्रहरी टुँडलदेवी इन्चार्ज कल्पना थापा,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी,स्थानियबासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७६ साल असोज १७ गते शुक्रवार ।