saarc-1काठमाडौ। दक्षिण एसियाली सहयोग संगठन सार्कको १९ र्आैं शिखर सम्मेलन स्थगित हुने लगभग पक्का–पक्की भएको छ।

पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्कको शिखर सम्मेलनमा डेढ महिनाअघि नै भारतले भाग नलिने घोषणा गरिसकेको छ। भारतसँगै अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि भाग नलिने भएको जानकारी काठमाडौ स्थित सार्क सचिवालयमा आएको पुष्टि भएको छ।

सार्क राष्ट्रमा आवद्ध एक राष्ट्रले मात्र भाग नलिएमा शिखर सम्मेलन स्थगित हुने सार्कको प्रावधान भएकोले चार राष्ट्रले भाग नलिने भनिएपछि स्वभाविक रुपमा स्थगित हुने निश्चित भएको छ।

saarc-1

भारत प्रशासित कस्मिरको उरीमा पछिल्लोपटक १८ भारतीय सैनिक मारिएको घटनाले पाकिस्तानसँग बढेको तनावपछि भारतले सम्मेलनमा सहभागी नहुने निर्णय लिएको हो। भुटानले पनि सुरक्षा स्थितिबारे चाँसो व्यक्त गर्दै अहिलेको स्थितिमा सम्मेलनमा भाग नलिने जानकारी दिएको दाबी गरिएको छ।

अफगानिस्तान र बंगलादेशले पनि सार्क सम्मेलनमा भाग लिन नसकिने जनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। गत ४ चैतमा पोखरामा बसेको सार्कका परराष्ट्रमन्त्रीस्तरीय वैठकले यही नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा १९ औं सार्क शिखर सम्मेलन गर्ने निर्णय गरेको थियो।
प्रकाशन मिति–२०७३ साल असोज १२ गते बुधवार ।