काठमाडौं। नेपालमा शहरीकरण व्यापक भएतापनि सार्वजनिक शौचालयको अभाव संघीय नेपालको राजधानी काठमाडौंमा नै व्यापक अभाव भएको छ। काठमाडौं महानगरमा सार्वजनिक शौचालय नहुंदा धेरैलाई यसले समस्या पारेको छ।

मधुमेह तथा किड्नीका विरामीलाई त यसले आपत नै पार्ने गरेको छ। सार्वजनिक शौचालय निर्माण गर्ने र त्यसलाई व्यवस्थित रुपमा संचालन गर्ने अनेक नारा तथा विश्वास आएतापनि व्यवहारमा नआएपछि त्यसको व्यापक आवाज प्रतिनिधिसभाको शुन्य समयमा पनि उठेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद आशाकुमारी विकले प्रतिनिधिसभा बैठकको शून्य समयमा विकले काठमाडौं महानगरभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय रहेको तर, तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोगमा आएको बताउँदै सार्वजनिक शौचालय नहुँदा महानगरवासीहरुलाई गाह्रो भएको बताएकी छन्।

राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नभएको र भएका पनि प्रयोग नभएको भन्दै महानगरमा यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको पीडा सांसद विकले ओकलेकी छन्। सरकारले सबैलाई सहज हुनेगरी सार्वजनिक शौचालयको व्यवस्था गरोस् भनेर सांसद विकले  माग गरेकी छन्।

सार्वजनिक शौचालय नहुंंदा कथंकदाचित शौचालय लागेमा शौच गर्न कठिनाइ भएको र १ किलोमिटरको दूरीमा कही कतै सार्वजनिक शौचालय नहुंदा धेरै समस्या भएको दावी सामाजिक अभियन्ता तथा गीतकार प्रकाश कुइँकेलको रहेको छ। सामाजिक अभियन्ता कुइँकेलले कम्तिमा काठमाडौं महानगरमा १ किलोमिटरको दूरीमा एउटा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको भनेका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १८ गते शनिवार ।