Rajesh Hamal with his Wife Madhu Bhattarai
Rajesh Hamal with his Wife Madhu Bhattarai

काठमाडौ। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमाल पहिला जस्तो खासै व्यस्त देखिएका छैनन्। तीस बर्ष लामो निरन्तर फिल्मी यात्रामा जमेका नंबरी नायक हमाल समयसंगै ओरालो लागेको पनि होइन्। तरपनि, नायक हमाललाई पहिला जस्तो यतिखेर कुनै फिल्मी चटारो छैन्।

फिल्मी चटारो तथा झन्झट–झमेलावाट मुक्त बनेर जीवन संगीनी मधु भट्टराईसँग रम्दै रहेका नायक हमाल जीवन संगीनीसँगै एक विज्ञापनमा समेत मज्जाले देखा परेका छन्। हुन त हमाल पत्नी मधुको कुनैपनि फिल्म खेल्ने योजना छैन्। नभएपनि पति–परमेश्वरसँग ओके व्हील सावुनको विज्ञापनमा पूर्ण गृहिणीको भूमिकामा मधुले जमेर मोडलिङ्ग गरेकी छन्।

युनिलिभर कंपनीको लक्स व्युटी कन्टेस्टमा भाग लिएपछि नै मधुको चिनाजानी हमालसँग बढ्ेको हो। कन्टेस्टरको रुपमा रहेकी मधुको जजिङ्ग गरेका हमालले त्यो बेला मधुलाई भिजिटिङ्ग कार्ड दिएपछि नै दुवै वीच दोस्तीको साँघु जमेको थियो। त्यही साँघुवाट मोबाइल कल हुंदै मायाप्रेम अनि २०७१ सालको जेष्ठ महिनामा विवाह भएपछि रमेको दुवैको जिन्दगीले नयाँ मोड लिने क्रममा रहेको छ।

दुवैलाई बाउआमा बन्ने चर्को दबाब आएतापनि दुवैले यतिखेर कुनै सोच राखेका छैनन्। मधुको भनाईमा दुवैलाई यतिखेर बच्चा पाएर हुर्काउने समय नै छैन्। यसलेगर्दा निकट भविष्यमा दुवै बाउआमा बन्ने भन्ने कुरामा शंका उत्पन्न भएको छ। दुवैको सल्लाहवाटै बच्चा नपाउने देखिएको छ। यो कुरा भविष्यपर्यन्त सत्य भएमा निसन्तान दम्पतिको लाइनमा हमाल दम्पति पनि हुने छन्। समय छँदै बाउआमा बन्न सवैको उनीहरुलाई सुझाव रहेको छ। यसो भएतापनि दुवैले के गर्ने हुन भन्ने कुरा पछि नै थाहा हुने भएको छ।
प्रकाशन मिति–२०७४ साल असार ५ गते सोमवार ।