काठमाडौं । सरकारले निषेधित तोकेको क्षेत्र, व्यानर सहितका मान्छेहरुको भीड। सधै जसो विद्रोहीहरुको जमातले घेरिने गरेको हनुमानस्थान अनामनगर क्षेत्र। सुरक्षाकर्मीहरुलाई फेरि कुन खाले विद्रोहीहरुको हुल आयो भन्ने लाग्नु स्वभाविकै थियो।

जव भीड नजिकै सुरक्षाकर्मीहरु पुगे उनीहरु एक छिन त अचम्मित वने। ब्यानरमा लेखिएको थियो पुस्तक लोकार्पण समारोह। सायदै मुलसडकमै पुस्तक विमोचन गरिएको यो पहिलो पटक नै थियो।

चारैतिर साहित्य प्रेमीहरुको जमात सहित पुस्तक लोकार्पण समारोह देखेपछि सुरक्षाकर्मीहरु पनि विना रोकतोक पुस्तक विमोचन कार्यक्रमलाई समारोहलाई मुस्कुराउँदै समर्थन गरे।

गत शुक्रबार मुलसडकमै आयोजित सो कार्यक्रम युवा साहित्यकार भीष्मराज फुलाराव्दारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी संस्करण ‘ अर्फान हरस्कोप’को सार्वजनिक स्थलमा नै सार्वजनिक भएको थियो।

कार्यक्रमको आयोजक तथा पुस्तक प्रकाशक फुलारा लिटरेचर फाउण्डेसनले विभिन्न होटेल तथा सभागृहहरुमा गरिने विमोचनका शैलीहरुलाई वदल्ने उदेश्यका साथ सडकमै जनताका माझमा पुस्तक लोकार्पण समारोहको आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा जेष्ठ नागरिक, बरिष्ठ पत्रकार तथा समाजसेवी भैरब रिसाल, बरिष्ठ ब्यक्तित्वहरु मोहन बहादुर केसी, ईन्जिनियर दुर्गा वस्ती, स्वास्थ्यकर्मी प्रदिप रिमाल, बृत्तचित्र सम्पादक मान बहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, पुस्तक अनुवादक ऋषि न्यौपाने लगायत दर्जनौ लब्धप्रतिष्ठित ब्यक्तित्वहरु तथा सयौं संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

युवा उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफु बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगायर उक्त उपन्यास तयार पारेको बताए । सामाजिक संवेदना स्खलीत हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया मायाँ, सद्भाव र सहानुभुति जस्ता संवेदना उठान गरेर लेखेको हुनाले पाठकहरुलाई एकचोटी अवस्य पढेर प्रतिकृया दिन पनि उनले आग्रह गरेका छन्।


प्रकाशन मिति–२०७६ साल असोज २ गते विहीवार ।