काठमाडौं। बेलायतमा नेपाली साहित्य मार्फत नेपाल र नेपालीको नामलाई उँचा पार्ने कर्मशील स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कैदीको–पत्र नामक कृति अमर कृति नै हो।

कैदीको–पत्रमा नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा रहेको छ। जसको स्कटिस् युवतीसंगको प्रेम कथा उनिएको छ। जसवाट त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्याएका अनेक दुःखलगायतका यथार्थपरक कथावस्तु चलचित्र कैदीको–पत्रले वोकेको छ।

 

स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कृति कैदीको–पत्र कथा संग्रह हो। जुन कथा–संग्रह मध्येको प्रमुख कथा कैदीको–पत्रमा नै फिल्मांकन गर्ने दुःसाहस सनम कुमार बैराग टीमले गरेका छन्। नेपाली साहित्यका शिखर पुरुष अनि अमर व्यक्तित्व ईश्वर मानन्धरले बेलायतमा नेपाली हुनुको नाताले पहिलो नेपाली होटल नटराज खोल्ने रेकर्ड पनि राखेका थिए।

साहित्यिक कृतिको माध्यमवाट बेलायतमा अनेक स्वर्ण पदक समेत जितेका साहित्यकार मानन्धर बेलायतमा रहेका यति, कोसेली, नेपाली साहित्य विकास परिषद लगायतका संघ–संस्थाका संस्थापक समेत हुन्।

यिनै अमर व्यक्तित्व साहित्यकार ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित  चलचित्र कैदीको–पत्र बनाउने कार्य बेलायतमा नै कार्यरत सनम कुमार बैरागवाट भएको छ। सनम कुमार बैरागको निर्देशन तथा भिजन संसार प्रा.लि.को प्रस्तुति तथा केबिज हिल रिसाेर्ट,नेपाल। दील घले। हिराल जाेशी निर्माता रहेकाे चलचित्र कैदीकाे-पत्रकाे हाल सम्पादनकाे कार्य भईरहेकाेछ ।

चलचित्र कैदीको–पत्र बनाउन पाउंदा अत्यन्त गौरब लागेको निर्देशक सनम कुमार बैरागको भनाई छ। यसअघि बेलायतमा निर्देशक बैरागले तीन नेपाली नाटक समय दृष्य, जीगिषा र भिमसेन थापा मञ्चन गरेर ऐतिहासिक कीर्तिमान नै कायम गरिसकेका छन्।

प्रकाशन मिति–२०७६ साल कात्तिक १ गते शुक्रवार ।