–सनम कुमार बैराग
लण्डन। साहित्यकार ईश्वर मानन्धर दाईले सन् २००४ मा उहाँको दुई वटा कथा र कविताको संग्रह दिनु भएको थियो । मैले दुबै पढिसके पछि एउटा कथामा नाटक अथवा चलचित्र बनाउन सक्ने देखे तर लण्डन को रोजीरोटी मै मेरो बर्षौ बित्यो । तर पनि मन मरेको थिएन।

धेरै पछि एक दिन दाइसंग एउटा कार्यक्रममा भेट् हुँदा आफ्नो मनसाय व्यक्त गर्दा उहाँले भन्नू भयो,सनम भाई घरमै आउ, बसेर कुरा गरौला। अनि मेरो बिदामा उहाँलाई भेट्नको लागि घरमा फोन गरे, थाहा पाए– उहाँ हस्पिटलमा जानू भएको रहेछ। साधारण अस्वस्थता होला, उपचार पछि घर फर्कनु हुनेछ। तर, मेरो अर्को दिनको फोनबाट थाहा पाए कि–उहाँ कहिले नफर्कने गरि टाढा जानू भई सकेछ।

यो कुरा मेरो मनमा गढीरहेको थिए। मैले उहाँलाई भनेको थिए– तपाईको कैदीको–पत्र मा म फिल्म बनाउन चाहन्छु । हुन्छ, बनाउन, मैले के गर्नु पर्छ भन, तिम्रो लागि सबै गरिदिन्छु। यो कुरा याद आएर मेरो मन ढुङ्गा जस्तै गरुङ्गो भयो। उहाँको कथामा काम गर्न थाले र एक वर्ष पछि चलचित्रको छाँयाकन सकाए।

चलचित्र कैदीको–पत्रको सम्पादनको कार्य गर्दैछु। बिश्वाश छ–मैले उहाँको कथालाई सतप्रतिशत न्याय गरेकोछु भन्ने। चलचित्र कैदीको–पत्र जनवरी २०२० मा यहाँहरु समक्ष लिएर आउनेछु। हेर्नू भएर प्रतिकृया दिनु हुनेछ भन्ने आशा राखेकोछु ।
प्रकाशन मिति–२०७६ साल कात्तिक ८ गते शुक्रवार ।