काठमाडौ । तनाबबाट नायिका सुषमा कार्की यतिखेर जिरो फिगरमा देखिएकी छन् । कुनैबेला भड्डा शरीर प्रर्दशन गर्ने सुषमाको शरीरमा निक्कै परिवर्तन आएको छ । स्लीम ज्यान बनाएर अझ सेक्सी बन्ने कसरत उनीबाट भएको छ । लामो समय प्रेमी नरेन शाहीसँग लिभिङ्ग टुगेडरको रुपमा बसेर हाल छुट्टिएकी उनलाई छुट्टिनु अगाडि निक्कै तनाब भएको थियो । त्यो तनाबबाट हाल मुक्त बनेको बताउने उनले आफ्नो स्लीम भएयता शरीर त एकदमै चंगा जस्तो भएको बताएकी छन्।

sushma-karkiकुसाइतको लबसवले बर्बाद पारेतापनि हाल हाँस्न जानेकोले शायद शरीरमा पनि परिवर्तन आएको हुनुपर्ने तर्क गर्ने सुषमा चलचित्रमा भन्दा बढी विभिन्न प्रोग्राम तथा कन्सर्टमा बिजी बनिरहेकी छन् । त्यसको अलावा विभिन्न फोटोग्राफरका फ्रि फोटोसेसन अफरलाई भरमग्दुर प्रयोग गर्ने कार्य उनीबाट भैरहेको छ । स्वीमिङ्ग पुलमा टू–पिस पहिरनमा समेत मज्जाले फोटो खिचाएकी छन् । पब्लिकको अगाडि फोटोसुट गर्दा समेत कुनै पर्वाह नगरेकी उनले यसलाई स्वभाविक भनेकी छन् ।

rekha-thapas-new-looks-1कलाकार भएपछि जतापनि खुल्न सक्नुपर्दछ भन्ने अवधारणाकी उनी पहिला भड्डा ज्यानकै कारण अविवाहित भएपनि पक्कै उनलाई कुमारी होइन भनेर कमेन्ट गर्नेहरुको कमी थिएन । हाल ती सवैले उनको स्लीम ज्यान हेरेर ज्यान हेरेर सुषमा त क्या सेक्सी र भर्जिन रहेछ भन्न थालेका छन् । भड्डा तथा स्लीम ज्यानको कारणले पाएको दुई प्रकारको बेग्ला–बेग्लै कमेन्टले उनी मक्ख परेकी छन् ।

mahima-silwal

सुषमा कार्की जस्तै कुनैबेला एकाएक मोटाएकी नायिका महिमा सिलवाल पनि हाल आएर स्लीम बनेकी छन् । जिरो फिगरमा आएकी महिमा पहिला धेरै मोटाउनुको पछाडि आहार–विहारमा वास्तै नगर्ने भएर हो भनेकी छन् । पहिला पाएसम्म मासु र बियर खान स्वाद मान्ने उनी यसबाट टाढा भएदेखि लाइफ पनि सुन्दर हुन थालेको उनको दावी रहेको छ ।

स्लीम बन्न ननभेज भन्दा भेज भोजन तथा कडा कसरत गर्ने गरेको खुलासा गर्ने महिमाले स्लीम बन्न थालेदेखि ज्यान पनि निक्कै हलुका हुन थालेको प्रतिक्रिया व्यक्त गरेकी छन्। ज्यान मोटाउँदा सवैले ओइई मोटी भनेर कायल पार्नेहरु नै हाल आएर हाउ स्वीट सेक्सी फिगर भन्न थालेको उनको भनाई रहेको छ । कुनैबेला रातपरेपछि ब्लु फिल्म हेर्ने नराम्रो बानी आफूमा रहेको भएतापनि त्यो बानीमा निक्कै परिवर्तन गरिसकेको र हाल आएर त्यस्ता फिल्म हेरेर दिमाग खराब गर्ने कार्य आफूबाट नभएको समेत कसमै खाएर उनले भनेकी छन् ।

हाल विभिन्न चलचित्र तथा गीतका भिडियोमा अभिनय गरेर भ्याइँनभ्याइँ महिमाको भैरहेको छ। त्यसले गर्दा पनि पैसाको लागि पहिला जस्तो परिवारको मुख ताँक्न नपरेको यथार्थता बताउने उनी बिहेको बिषयमा पाँच बर्ष चुप नै बस्ने भएकी छन् । अविवाहिता भएतापनि कुमारी नभएको पहिला नै खुलासा गरिसकेकी उनले बिहे हुने पक्का भएपछि मात्र त्यसप्रकारको संवन्ध राख्नु राम्रो हुने अन्यथा आफूले जस्तो धोका पाउने राय समेत दिन उनी चुकिनन् ।

चलचित्र देउताकी उहिलेकी नायिका सिर्जना बस्नेत पनि हाल चिटिक्क देखिएकी छन्। केही समययता सिंगल भएदेखि उनी स्लीम बनेकी हुन्। सिंगल भएयता पहिला जस्तो तनाव नभएर शरीर हल्का भएको महशुश भएको प्रतिक्रिया उनको पनि रहेको छ। कुनैबेला चलचित्र निर्माता बिजु रंजितसँग विवाह गरेर फिल्मलाइनबाट लगभग टाढिएकी चालिसको दशककी प्रभावशाली नायिका बस्नेतको जवानी पहिला भन्दा बलियो भएर देखा परेको छ। पहिला भन्दा हाल उनी अझ राम्री देखिन थालेकी छन् ।

देउता पछि पृथिवि लगायतका चलचित्रमा अभिनय गरेकी उनले बिजु रंजितसँग बिहे गरेपछि गोठालो नामक चलचित्रमा मात्र अभिनय गरेकी थिइन् । त्यसपछि फिल्मलाइनबाट टाढा बनेकी उनी बिजुको दुःखद निधन पश्चात फेरि चलचित्र निर्देशक सुरेन्द्र शाहको सहयोगमा केही चलचित्रमा देखा परिन्। शाहसँगको संवन्धमा दरार उत्पन्न भएपछि एकल प्रयासबाट थप दुईवटा चलचित्रमा अभिनय गर्नुको अलावा एक चलचित्रको निर्देशन गर्ने कार्य गरिसकेकी छन् ।

सोह्र बर्षे एक जवान छोरोको आमा उनी आफूलाई उमेर घर्केजस्तो पटक्कै महशुश नभएको र बल्ल जवानी शुरु भएको भन्छिन् । फेरि अर्को बिहे गर्ने टार्गेटमा हो कि भन्ने प्रश्नमा अव त्यस्तो गल्ती आफूबाट नहुने प्रष्ट पारेकी छन् । ८० कटेकी आमाको स्याहारमा हाल व्यस्तताका साथ दिन काटिरहेकी उनले यसलाई आमाको सेवा भनेकी छन् ।

चलचित्र निर्माता छविराज ओझासंग डिभोर्स गरेर अझ बोल्ड बनेकी बोल्ड नायिका रेखा थापा यो बर्षवाट ३२ बर्ष पुगेकी छन् । ३२ बर्ष पुगेपछि बल्ल बच्चाबाट जवान भएको महशुश भएको नायिका थापाले प्रतिक्रिया दिएकी छन्। पहिला आफू बच्चाजस्तो भएको र खासै केही कुरा नजानेको बताउने उनले ३१ बर्ष लागेपछि बल्ल जिन्दगीको बास्तविकता महशुश भएको भनेकी छन् ।

पहिलो चलचित्र हिरो देखि पछिल्लो चलचित्र रामप्यारीसम्म पुग्दा जीवनमा धेरै उतार–चढाव भोगेको नायिका थापाले बताएकी छन्। छविराज ओझासँगको दश बर्षे दाम्पत्य जीवनलाई टूंगाएकोमा पटक्कै आत्मग्लानी नभएको बताउने उनी डिभोर्सपछि अझ जवान भएको भन्छिन्। डिभोर्स् पश्चात काली र हिम्मतवाली निर्माण गरेकी उनी चलचित्र हिम्मतवालीबाट निर्देशक समेत बनेकी छन्। हाल उनी आफैले निर्माण गरेको पछिल्लो चलचित्र रामप्यारीको प्रदर्शनको क्रममा रहेकी छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर १६ गते विहीवार ।