सिंगापुर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘वान टु वान’ वार्ता समाप्त भएको छ। बहुप्रतिक्षित शिखर वार्ताकै सुरुवातमा दुई नेताबीच करिब ५० मिनेट ‘वान टु वान’ वार्ता भएको हो।

सिंगापुरको सेन्तोसा टापुमा अवस्थित पाँच तारे कापेला होटलमा वार्ता सुरु भएको हो। दुवै नेताले हात मिलाउँदै पहिलो पटक प्रत्यक्ष भेटको सुरुवात गरेका हुन्।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच इतिहासमै पहिलोपटक भेट भएको हो। ‘वान टु वान’ वार्ता अघि दुवै नेताले हात मिलाउँदै तस्वीर खिचाएका थिए।

लगत्तै दुवैजना हँसिलो मुद्रामा बैठक कक्षमा प्रवेश गरेका थिए। बैठकबाट बाहिरिँदा अमेरिकी राष्ट्रपति ट्रम्प निकै उत्साहित देखिएका छन्। ट्रम्पले किमसँगको छलफल निकै राम्रो रहेको बताए।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ २९ गते मंंगलवार ।