face Book 1काठमाडौ। नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा अत्यन्त लोकप्रिय सामाजिक सन्जाल फेसबुक चलाउन रोक लगाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले विहान ९ बजेदेखि सांझ ५ बजोसम्म सिंहदरवारभित्रका कार्यालयका कम्प्युटरहरुमा फेसबुक नचल्ने गरिदिएको छ।

Singhdarbar 1

कार्यालय समयमा कर्मचारीहरु फेसबुकमा बढी रम्ने भएवाट काममा निक्कै प्रभाव पर्न जान गएकोले रोक लगाउन बाँध्य भएको प्रवक्ता कुँवरले भनेका छन्। कार्यालय समय ९ बजेअगाडि र ५ बजेपछि भने सिंहदरवारका कार्यालयहरुको कम्प्युटरमा फेसबुक चल्छ।

प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।