काठमाडौं। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूची सर्वाजनिक गरेको छ।

चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा चलचित्रकर्मीहरुसँगको बृहत छलफलपश्चात तयार पारिएको मापदण्डअनुसार कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झण्डै एक महिना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका चलचित्रहरु अवलोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरिएको हो।

सरप्राइजस्वरुप अवार्ड समारोहकै दिनमात्र सार्वजनिक गरिने निर्णायक मण्डलको मूल्यांकनअनुसार यस वर्षको कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच भिडन्त हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ। यो विधामा विपीन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन्।

मनोनयन सूचिमा चलचित्र नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ। यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयनमा परेको छ। यो एउटै चलचित्रबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन्।

 चलचित्र छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२÷१२ विधाको मनोनयमा परेको छ। छक्का पञ्जा ३ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ। यो चलचित्रबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन्।

त्यसै गरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। यो चलचित्रबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन्।

त्यस्तै चलचित्र साईंली ११ र प्रसाद १० विधाको मनोनयमा परेका छन्। साईंली सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, संगीतकार, कथा, संवाद, गीतकार, पाश्र्वगायक र सम्पादन विधाको मनोनयमा छ भने प्रसाद सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, खलपात्र, छायांकन, ध्वनिमिश्रण र सम्पादन विधाको मनोनयमा छ। चलचित्र भिलेन ८ र यात्रा ७ विधाको मनोनयमा छ। भिलेन सर्वोत्कृष्ट अभिनेता, अभिनेत्री, नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, खलपात्र, द्धन्द निर्देशक र श्रृंगार विधाको मनोनयनमा छ भने यात्रा नवनिर्देशक, नवअभिनेत्री, कथा, सहअभिनेता, पाश्र्वगायिका, गीतकार र द्धन्द निर्देशन विधाको मनोनयमा परेको छ।

 चक्कर, सय कडा दस र बोबी ६/६ विधाको मनोनयनमा परेका छन्। चक्कर सर्वोत्कृष्ट नवनिर्देशक, सहअभिनेत्री, खलपात्र, छायांकन, पाश्र्वसंगीत र श्रृंगार, चलचित्र सय कडा दस निर्देशक, नवअभिनेता, सहअभिनेता, सहअभिनेत्री, पटकथा र संवादको मनोनयनमा परेको छ भने बोबी निर्देशक, नवअभिनेता, नवअभिनेत्री, संगीतकार, छायांकन र ध्वनि मिश्रणको मनोनयमा परेको छ।

 ए मेरो हजुर ३, भैरे र बाँध मायाले ५/५ विधाको मनोनयमा छन्। ए मेरो हजुर ३ सर्वोत्कृट नवअभिनेत्री, संगीतकार, गीतकार, छायांकार र पाश्र्वसंगीत, भैरै पाश्र्वगायिका, बालकलाकार, छायांकन, पाश्र्वसंगीत र द्धन्द निर्देशक तथा बाँध मायाले नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, हास्यकलाकार र द्धन्द निर्देशक विधाको मनोनयमा परेका छन्।

चलचित्र रामकहानी र जानी नजानी ४÷४ विधाको मनोयनमा छन्। रामकहानी सर्वोत्कृष्ट अभिनेत्री, पाश्र्वगायक, हास्यकलाकार र छायांकन तथा जानी नजानी नवनिर्देशक, नवअभिनेत्री, सहअभिनेत्री र श्रृंगार विधाको मनोनयनमा परेका छन्।

 रणविर र कथा काठमाडौं ३/३ तथा गोपी र अनुराग २/२ विधाको मनोनयमा छन्। रणविर सर्वोत्कृष्ट नवअभिनेत्री, खलपात्र र द्धन्द्ध निर्दिेशन तथा कथा काठमाडौं नवनिर्देशक, सहअभिनेत्री र खलपात्र, गोपी कथा र गीतकार तथा अनुराग संगीतकार र पाश्र्व गायक विधाको मनोनयमा छन्।

त्यसै गरी कोहलपुर एक्सप्रेस र चंगा १/१ विधाको मनोनयमा छन्। निर्देशक विधामा नम्बर बराबर भएका कारण उत्कृष्ट ६ को मनोनयमा सूचि सार्वजनिक गरिएको छ। त्यसै गरी हास्यकलाकार विधामा एउटै चलचित्र रामकहानीबाट ३ केदार घिमिरे, रविन्द्र झा र विलशनविक्रम राई मनोनयनमा छन्। केदार घिमिरे छक्का पञ्जा ३ बाट पनि यो विधाको मनोनयमा छन्।

वसन्त सापकोटा २ फिल्मबाट संगीतकार तथा सुगम पोखरेल २ फिल्मबाटै पाश्र्व गायक, मेलिना राई ३ फिल्मबाट पाश्र्वगायिका, अञ्जु पन्त २ फिल्मबाट पाश्र्वगायिकाको मनोनयमा छन् भने कविराज गहतराज ४ फिल्मबाट कोरियाग्राफर, निमेष श्रेष्ठ २ फिल्मबाट सम्पादन तथा एलिष कार्की ३ फिल्मबाट पाश्र्वसंगीत र मुकेष शाह ३ फिल्मबाट ध्वनि मिश्रणको मनोनयमा परेका छन्।

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यबस्था गरिएको छ। सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवअभिनेता, नवअभिनेत्री, नवनिर्देशक, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ।

नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानकै खातिर सिजी कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्ने कार्य गरेका श्रद्वेय प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले श्रेष्ठले देखेको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले बताएका छन्। निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहेका स्वर्गवासी प्रधान सम्पादक श्रेष्ठप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले गरेको छ।

कामना फिल्म अवार्डस् २०७६ को मनोनयन सूचि
विधाः सर्वोत्कृष्ट चलचित्र
छक्का पञ्जा ३
डमरुको डण्डीबियो
नाई नभन्नु ल ५
प्रसाद
साईंली

विधाः सर्वोत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
दिपाश्री निरौला – छक्का पञ्जा ३
विकासराज आचार्य – नाई नभन्नु ल ५
दिनेश राउत – प्रसाद
रामबाबु गुरुङ – साईंली
रामशरण पाठक – सयकडा दस

विधा ः सर्वोत्कृष्ट नवनिर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी
छेतन गुरुङ – डमरुको डण्डीवियो
सम्राट शाक्य – यात्रा
संगीता श्रेष्ठ – कथा काठमाडौं

विधा ः सर्वोत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
विपिन कार्की – गोपी
विपिन कार्की – प्रसाद
गौरव पहारी – सार्इंली
निखिल उप्रेती – भिलेन

विधा ः सर्वोत्कृष्ट अभिनेत्री
दिपिका प्रसाईं – छक्का पञ्जा ३
मेनुका प्रधान – सार्इंली
नम्रता श्रेष्ठ – प्रसाद
पूजा शर्मा – रामकहानी
सिल्पा पोखरेल – भिलेन

विधा ः सर्वोत्कृष्ट नवअभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३
कविता गुुरुङ – बोबी
निरिषा बस्नेत – जानी नजानी
सुपुष्पा भट्ट – रणवीर
मलिका महत – यात्रा

विधा ः सर्वोत्कृष्ट नवअभिनेता
कपील खत्री – भिलेन
उत्सव न्यौपाने – सयकडा दस
अभिषेक नेपाल – नाइं नभन्नु ल ५
उमेश थापा – बोबी
किशोर खड्का – बाँध मायाले

विधाः सर्वोत्कृष्ट सहअभिनेत्री
ऋचा शर्मा – चक्कर
नम्रता श्रेष्ठ – जानी नजानी
सन्ध्या केसी – कथा काठमाडौं
प्रियंका कार्की – नाई नभन्नु ल ५
रश्मी भट्ट – सयकडा दस

विधाः सर्वोत्कृष्ट सहअभिनेता
जितु नेपाल – छक्का पञ्जा ३
अनुुप बराल – डमरुको डण्डीवियो
दयाहाङ राई – साईंली
मनोज गजुरेल – सयकडा दस
सलोन बस्नेत – यात्रा

विधाः सर्वोत्कृष्ट खलपात्र
धु्रव कोईराला – भिलेन
प्रसान्त ताम्राकार – रणवीर
निश्चल बस्नेत – प्रसाद
प्रमोद अग्रहरी – कथा काठमाडौं
अर्पण थापा – चक्कर

विधा ः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा ३
केदार घिमिरे – रामकहानी
रविन्द्र झा – रामकहानी
राजाराम पौडेल – बाँध मायाले
विल्सनविव्रmम राई – रामकहानी

विधा ः सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – भैरे
अनुभव रेग्मी – नाईं नभन्नु ल ५
कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस
लक्की भण्डारी – चङ्गा
सेड्रीना शर्मा – नाईं नभन्नु ल ५

विधा ः सर्वोत्कृष्ट कथा
दीपकराज गिरी – छक्का पञ्जा ३
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दिपेन्द्र लामा – गोपी
रामबाबु गुरुङ – साईंली
सम्राट शाक्य – यात्रा

विधा ः सर्वोत्कृष्ट पटकथा
रामसरण पाठक – सयकडा दस
सुसिल पौडेल – प्रसाद
विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी – छक्का पञ्जा ३

विधा ः सर्वोत्कृष्ट संवाद
सुसिल पौडेल – प्रसाद
रामसरण पाठक – सयकडा दस
रामबाबु गुरुङ – साईंली
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३

विधा ः सर्वोत्कृष्ट गीतकार
दिपेश उप्रेती – डुली डुली÷यात्रा
कालीप्रसाद बास्कोटा – बगी रहेँ÷साईंली
दिनेश थपलिया–
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५
विप्लव प्रतिक – तेरो आफ्नो भन्नु÷गोपी
एकनारायण भण्डारी –
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट संगीतकार
कालीप्रसाद बास्कोटा – बगी रहें÷सार्ईली
बसन्त सापकोटा –
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५
बसन्त सापकोटा – आँखाको नानी÷बोबी
सरोज पोखरेल – तिम्रो स्वरमा÷अनुराग
आशिष अविरल –
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
सुगम पोखरेल – तिम्रो लागि÷रामकहानी
सुगम पोखरेल – सँगै सँगै÷बाँध मायाले
प्रतापदास – तिम्र्रोे स्वरमा÷अनुराग
हेमन्त राना – बगी रहें÷साईली
डेविड शंकर – पहिलो नम्बरमा÷छक्का पञ्जा ३

विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
मेलिना राई – डुली डुली÷यात्रा
अञ्जु पन्त – झ्यानाकुटी झ््यार्इं÷भिलेन
मेलिना राई – तिम्रो आँखा÷नाईं नभन्नु ल ५
मेलिना राई – सान्नानीलाई÷भैरै
अञ्जु पन्त – सँगै सँगै÷बाँध मायाले

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
प्रविण सिंह – परान परान÷ए मेरो हजुर ३
कविराज गहतराज – सन्नानीलाई÷भैरे
कविराज गहतराज – पहिलो नम्बरमा÷छक्का पञ्जा ३
कविराज गहतराज – तिम्रो आँखौमा÷ नाईं नभन्नु ल ५
कविराज गहतराज – तिम्रो लागी÷रामकहानी

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
सूर्य थोक्कर – भैरे
शुक्रराज शाह – भिलेन
रोशन श्रेष्ठ – बाँध मायाले
हिमाल केसी – यात्रा
चन्द्र पन्त – रणवीर

विधाः सर्वोत्कृष्ट छायांकन
रविन आचार्य र अनुष्क रौनियार – चक्कर
हरि हुमागाईं – डमरुको डण्डीवियो
पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५
राजेश श्रेष्ठ – प्रसाद
सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन

विधा ः सम्पादन
निमेष श्रेष्ठ – साईंली
लोकेस बज्राचार्य – प्रसाद
अर्जुन जिसी – नाईं नभन्नु ल ५
निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
विपिन मल्ल – छक्का पञ्जा ३

विधा ः पाश्र्वसंगीत
सैलेस श्रेष्ठ – ए मेरो हजुर ३
एलिष कार्की – भैरे
संगम पन्च र पुष्प पलान्चोकी – चक्कर
एलिष कार्की – डमरुको डण्डीवियो
एलिष कार्की – नाईं नभन्नु ल ५

विधा ः ध्वनी मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३
मुकेष शाह – बोबी
मुकेष शाह – डमरुको डण्डीवियो
मुकेष शाह – नार्इं नभन्नु ल ५
उत्तम न्यौपाने – प्रसाद

विधा – श्रृंगार
श्याम लामा – चक्कर
दिपु पौडेल – डमरुको डण्डीवियो
सरोज बुढाथोकी – जानी नजानी
श्याम बराल – नार्इं नभन्नु ल ५
सरोज बुढाथोकी – भिलेन
प्रकाशन मिति–२०७६ साल भदौं ३ गते मंगलवार ।