काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवारले नेपालभाषाको नयाँ गीत गाएकी छन्। अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको गीत रहेको भुतुमाली ब्वोँ थ्येँ बोलः बोलको गीत गायिका सुनुवारले गायक मचाराजासंग युगल गीत गाएकी हुन्। संगीत अनिल तुलाधरको रहेको छ।

महेन्द्र पुलिस क्लवको रेकर्डिङ स्टुडियोमा यो गीतको रेकर्डिङ भएको जानकारी अग्रज अभिनेता तथा निर्देशक पवन जोशीले भिजन संसार डटकमलाई बताएका छन्।

निर्देशक जोशीले यसअघि पनि दर्जनौ हिट गीत लेखिसकेका छन्। सिद्धहस्त लेखक तथा निर्देशक जोशीको गीत गाउन पाउंदा आफूलाई अत्यन्त गौरब लागेको जानकारी गायिका सुनुवारले दिएकी छन्। गायिका सुनुवारले नेपालभाषा र नेपाली वाहेक थप सातवटा भाषाका गीत गाएर पनि नयाँ रेकर्ड कायम गरिसकेकी छन्।

प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार।