काठमाडौं। ललितपुर जिल्लाको सिद्धिपुरमा उज्यालोका मसिहा कुलमान घिसिङको समर्थनमा सभा– समारोह भएको छ। नेवाःदेय दबु महालक्ष्मी नगर समिति सिद्धिपुरको आयोजनामा कुलमान घिसिङको समर्थनमा शनिवार सभा भएको हो।

चार बर्षअगाडिसम्म नेपालमा १९ घण्टा लोडसेडिङ भैरहेको समयमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङ मुक्त देश वनाउन सफल कुलमान घिसिङको पूर्नरनियुक्तिका लागि दबाब सिर्जना गर्न नेवाःदेय दबु महालक्ष्मी नगर समिति सिद्धिपुरले नारा सहितको प्लेकार्ड लिएर कुलमानको समर्थनमा सभा गरिएको आयोजक समितिले जनाएको छ।

करोडौ नेपाली जनताको मनोभावनालाई सरकारले संवोधन गरेर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पूर्नरनियुक्ति गर्नुपर्ने व्यानर सहित माग गरेका थिए। जसमा बच्चा देखि बृद्धसम्मको सहभागिता रहेको आयोजक नेवाःदेय दबु महालक्ष्मी नगर समिति सिद्धिपुरकी सह–सचिव राधा महर्जनले भिजन संसार डटकमलाई वताएकी छन्। सामाजिक दूरी कायम गरेर शान्तिपूर्वक सभा गरिएको जानकारी पनि महर्जनले दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल असोज १० गते शनिवार ।