ललितपुर। नेवाः देय दबु नगर समिति गठन भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नंबर ६ स्थित थसी–सिद्धिपुरमा नेवाः देय दबु नगर समितिको विधिवत रुपमा गठन भएको हो।

नेवाः देय दबुको शाखाको रुपमा गठन भएको नेवाः देय दबु नगर समिति सिद्धिपुरको उदघाटन महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापावाट भएको छ। उदघाटन समारोहमा उपमेयर थापाले नेवाः कला तथा संस्कृतिको उत्थानमा नगरपालिका प्रतिवद्ध रहेको बताएकी छन्।

महालक्ष्मी नगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष वासुदेव महर्जनले पनि नेवाः देय दबु नगर समितिले सिद्धिपुरका नेवाःहरुको उत्थान र नेवाः कला तथा संस्कृतिको उत्थानमा अव ठोस योगदान पुग्ने भनेका छन्।

कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य, नेवाः देय दबुका केन्द्रिय अध्यक्ष नरेश ताम्राकार लगायतका नेवाःअगुवाहरुको विशेष आतिथ्यता रहेको थियो। वक्ताहरुले रैथाने नेवाःहरु नेवाः रैथाने वस्तीवाट दिनानुदिन विस्थापित भैरहेको विषयमा खवरदारी गरिएको थियो। कार्यक्रम नवगठित नेवाः देय दबु नगर समिति सिद्धिपुरका अध्यक्ष विजय महर्जनको सभापतित्वमा भएको थियो।

प्रस्तुत छ–नेवाःदेय दबु नगर समिति सिद्धिपुरको उदघाटन समारोहको भिडियो

प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।