काठमाडौ। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई जनाको नाम फिर्ता लिएको छ।

Sharmila Prajuli Dhakal with Asha Kumari Lama.
Sharmila Prajuli Dhakal with Asha Kumari Lama.

मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा यूएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो।

यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारिस फिर्ता लिइएको समाचार स्रोतले भनेको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदूत सिफारिस भएको तेस्रो दिन नै सरकारले यूएईका लागि सिफारिस भएकी लामा र ओमनका लागि सिफारिस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद् बैठकको माइन्युटबाटै हटाएको हो।

गत हप्ताको सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदूत सिफारिस गरेको थियो।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।