Rekha Shah 2काठमाडौ। सिमसिमे पानी बोलको कालजयी गीतकी लोकप्रिय गायिका रेखा शाहलाई लेनदेनको कारोवारमा प्रहरीले अमानवीय तवरवाट हिरासतमा राखेर कारवाही चलाएको खुलासा गरेको छ। अन्तरराष्ट्रियता मानवअधिकार विरुद्ध आफूलाई प्रहरी हिरासतमा चरम यातना दिएको गायिका शाहले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ। विज्ञप्ति मार्फत गायिका शाहले त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अन्तर्राष्ट्रिय निकायमा आग्रह गरेकी छन्।

Rekha Shah 1

शाहले प्रहरी हिरासतमा १० दिन बस्दा आफूलाई औषधिसमेत खान नदिइएको उल्लेख गरेकी छन्। ‘मेरा कानुनी सल्लाहाकार, शुभेच्छुक र कानुनी सल्लाहाकारलाई समेत भेट्न दिइएन। अत्यन्त तल्लो स्तरमा गाली गलौज गरियो जो अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत छ र यो मानवअधिकार उल्लंघनको गम्भीर विषय हो,’ उनले भनेकी छन् ।

शाहले हिरासतबाट पाएको यातनालेद बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको र बल्ल आफूमाथि भएको अन्यायको विरुद्द बोल्न सक्ने भएको उल्लेख गरेकी छन्।

Rekha Shah Press Release

प्रकाशन मिति–२०७२ साल माघ १३ गते बुधवार ।