ललितपुर । नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा प्रोजेक्ट बाजा नेपालले सिलु फेस्टिभल इन दरवारको आयोजना गरेको छ। दिवंगतहरुप्रति समर्पित गुंला पर्वको अवसरमा बज्ने विभिन्न परम्परागत संगीतको प्रस्तुति रहेको उक्त कार्यक्रमको शुरुवात भने बौद्ध लिला नाचबाट भएको हो।

पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित कार्यक्रममा प्रस्तुत बौद्ध लिला नाच ३८० बर्षदेखि निरन्तर संसारकै एउटैमात्र लामो समयसम्म चल्ने नाट्य परम्परा दावी गरिएको कार्तिकनाच अन्तर्गत नचाइने दुर्लभ नाच हो। १ महिनासम्म संचालन हुने कार्तिक नाच विभिन्न परिस्थितिले एक हप्तामा सिमित थियो भने हाल १२ दिनसम्म प्रदर्शन भइरहेको छ।

तिथिअनुसार बन्ने प्रदर्शन तालिकामा चतुर्दशी वा पुर्णिमा २ दिन प¥यो भने मात्र यो नाच मञ्चन हुने गर्दछ । कार्तिक नाच संरक्षण समितिका प्रतापधर शर्मा र सुरेन्द्र बज्राचार्यको खिं वादनमा उत्तमरत्न शाक्य, सुप्रिन शाक्य, पूजन श्रेष्ठ, रिजन महर्जन कोशिस ताम्रकारले यो नाच प्रस्तुत गरेका थिए भने लुभु महालक्ष्मी धाः दाफा खलःका विपु श्रेष्ठ युजेश श्रेष्ठ, सुनील श्रेष्ठ, प्रशन्न श्रेष्ठ, अभिषेक श्रेष्ठ, सनिष श्रेष्ठ र रोजेश श्रेष्ठले गायनमा साथ दिएका थिए।

सांगीतिक परम्पराको खोजी तथा टोलटोलमा सिमित यस्ता परम्परालाई अन्य मञ्चहरुमा पनि सहभागी गराउने उद्देश्य अनुरुप यस बर्ष आयोजक प्रोजेक्ट बाजा नेपालले च्वबु गाःहिति हरिभजन दाफा खलःलाई प्रस्तुत गरेको हो । १४ बर्षदेखि ९५ बर्षसम्मका गायक, वाद्यवादक रहेको उक्त समूहले ललित, नेपाल समुद्र र सव माई दाफा भजन प्रस्तुत गरे । दिनेश महर्जनको नेतृत्वमा आःजु कान्छा महर्जन, गीत गुरु सानुकाजी महर्जन, खिं (बाजा) गुरु बेखालाल महर्जन, नामसंगीति गुरु बाबुकाजी महर्जनका साथमा सहायक गुरु दशरथलाल महर्जन, गौतम महर्जन, नारायण महर्जन, बाबुराजा महर्जन, त्रिरत्न महर्जन, सानु महर्जन, रत्न महर्जन, विजय महर्जन, मधुर महर्जन, चन्द्रलाल महर्जनले गाएको भजनमा अबिज महर्जन, एन्जेल महर्जन, आभाष महर्जनले खिं वादनमा साथ दिएका थिए।

प्रोजेक्ट बाजा नेपालले गुरु सुरेशराज बज्राचार्यको वाद्य संयोजनमा भगवान बुद्धको वर्णन रहेको र प्रत्येक बुद्ध मन्दिर, चैत्यमा गाइने, बजाइने अति प्रचलित भगवान ग्वारा प्रस्तुत गरे । पञ्चमाः ताल अर्थात ५ वटा तालहरु च्वः, पलिमा, अस्त्रा, जति र परतालमा गाइने उक्त ग्वारा राग सारंगमा आधारित छ। सरोदवादकमा सुरेशराज बज्राचार्य, फिरोज बज्राचार्य, भ्वाइलिनमा मिलन तण्डुकार, तालवादनमा लक्ष्मीप्रसाद डंगोल, विपु श्रेष्ठ, ताः, भुस्याः, छुस्याः, इफेक्टमा सजिष श्रेष्ठ, रोजेश श्रेष्ठ, बास गिटारमा भूपेन्द्र बज्राचार्य, गितारमा सुमन महर्जन, बाँसुरीमा स्वर्णीम महर्जनले प्रस्तुत गरेको भगवान ग्वारापछि “जय नमोश्री बुद्ध भगवान” प्रस्तुत गरिएको थियो।

यही क्रममा प्रोजेक्ट बाजा नेपालले नेवार सांगीतिक परम्पराको निकै लोकप्रिय ऋतुगीत सिलु धून पनि प्रस्तुत ग¥यो । गुंपुन्ही अर्थात जनै पुर्णिमाको दिन सिलु (गोसाईकुण्ड) मा मेला भर्ने चलनको उल्लेख रहेको यस गीतमा श्रीमान् श्रीमतीको सिलु यात्रा वर्णन गरिएको निकै मार्मिक कथा हो। गुंलाकै अवसरमा ललितपुरमा प्रत्येक बर्ष मनाइने श्रृंगभेरी जात्रा मतयाः अर्थात दीपयात्राको क्रममा गाइने परम्परागत गीतहरुको धून प्रस्तुत भइरहँदा दर्शकहरु पनि सोही गीतमा परम्परागत नाच नाच्दै रमाए।

कार्यक्रमको अर्को प्रस्तुतिका रुपमा राजिप बज्राचार्यले शान्त भैरवको प्रतिक लाखेनाच प्रस्तुत गरे । इन्द्रजात्राको अवधिमा नचाइने लाखेनाचले समाजका नकारात्मक शक्तिहरु शिथिल हुन्छ भन्ने मान्यता राख्दछ । यस लाखेनाचमा वाद्यवादनमा प्रोजेक्ट बाजा नेपालले साथ दिएका थिए भने म्वालि (सहनाई) मा श्याम नेपालीले साथ दिएका थिए।

नेपालको परम्परागत बाजा संरक्षण र प्रवद्र्धनको उदेश्यले सक्रिय प्रोजेक्ट बाजा नेपालको यस आयोजनामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जन, नेपाली काँग्रेसका ललितपुर महानगरपालिका समितिका सभापति राजेश महर्जन, सशस्त्र प्रहरी बल नेपाल वाद्यवादन गुल्म प्रमुख सशस्त्र प्रहरी वरिष्ठ नायब निरिक्षक तीर्थ छढुंगेल, पाटन म्यूजियमका सुरेश लाखे, कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार, वरिष्ठ शास्त्रीय गायक प्रभूराज ढकाल अतिथिका रुपमा उपस्थित थिए।

सुरजवीर बज्राचार्यले सञ्चालन गरेको उक्त उत्सवको आयोजक प्रोजेक्ट बाजा नेपालको अध्यक्ष फिरोज बज्राचार्य, उपाध्यक्ष लक्ष्मीप्रसाद डंगोल, सचिवमा विश्वास बज्राचार्य, कोषाध्यक्षमा विपु श्रेष्ठ र सदस्यहरु राजिप बज्राचार्य, सुजित नापित, अनुप पौडेल र संजिव श्रेष्ठ रहेका छन्।


प्रकाशन मिति–२०७६ साल साउन २६ गते आइतवार ।