काठमाडौं। सुमधुर स्वरकी धनी गायिका सीमा संग्रौलाको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

गायिका संग्रौलाकै गीत, संगीत तथा गायनमा ‘माया आउन नजिक‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

म्युजिक भिडियोमा रोजी कोइराला तथा कृष्णराज पाण्डेको स्वभाविक अभिनय रहेको छ। विशाल पाण्डे तथा निरोज रापालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विशाल पाण्डेले सम्पादन तथा निर्देशन गरेका हुन्।

प्रकाशन मिति–२०७७ साल असोज २६ गते सोमवार ।