काठमाडौ। सुखी जीवनको चाहना जसलाई पनि हुन्छ । तर सफल त्यो मात्र हुन्छ। जसले सफलता प्राप्ति लागि पहिले देखि नै योजनाबद्ध लक्ष्य तयारी गरेको हुन्छ। लक्ष्यलाई सफल रूप दिन एक विज्ञ तथा अनुभविको साथ चाहिन्छ। यसै विषयलाई केन्द्रित गरेर भिजन संसारले ए स्टार फिनान्सियल सोलुशन युकेको दोश्रो बिज्ञापन तयार गरेको छ। जुन जन समक्ष सार्वजनिक भएको छ।

त्यस विज्ञापनमा जेशाङ्ग र रश्मि गौतमलाई निर्देशक सनम कुमार बैरागले पहिलोपल्ट विज्ञापनमा प्रस्तुत गरेका छन्। । जेशाङ्गले केही चलचित्रमा अभिनय गरिसकेका छन्। बेलायतको उत्कृष्ट नाटक समय दृष्यमा प्रमुख भूमिकामा प्रभावशाली अभिनय गरेका छन्। उनी अभिनित बेलायतमा नै निर्माण भएको चलचित्र ब्लाक समर पनि रिलिजको क्रममा रहेको छ।

https://www.youtube.com/watch?v=qIeKFG_hTHM

रश्मि गौतमले त थुप्रै नृत्यहरू र म्यूजिक भिडियोमा आफूलाई प्रस्तुत गरेर जीवन्त कलाकार बनेर सवैको वाहवाही पाउदै आएकी छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २५ गते सोमवार ।