लण्डन । पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को रोमान्सपूर्ण म्युजिक भिडियो सार्वजनिक भएको छ।


सुजन ढकालकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ। लण्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल एवम् नायिका तथा गायिका स्मृति पोखरेल र मोडल कुमुद पन्त फिचर्ड छन।

गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको संयुक्त निर्देशन रहेको छ। गायिका स्मृति पोखरेलको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउंहरुमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छ्।

अर्कोतर्फ पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा देखिसकेका छन।

प्रकाशन मिति–२०७६ साल पुस २३ गते बुधवार ।