काठमाडौं। सुदुरपश्चिम नेपालको सामुदायिक आवाजको रुपमा ख्यातिप्राप्त अमरगढी एफएमले ग्रामिण जनताको विषयमा आवाजको माध्यमवाट पैरबी गर्दैआएकी संचारकर्मी एवम् नामी साप्ताहिकका निर्देशक निशान बुढाथोकीको सम्मान गरेको छ। महिला शक्ति विकास केन्द्र नेपालको सञ्चार अधिकृत समेत रहेकी सञ्चारकर्मी बुढाथोकीका साथमा महिला शक्ति विकास केन्द्र नेपालकी कार्यक्रम अधिकृत कृशु गौचनलाई पनि अमरगढी एफएमले सम्मान गरेको हो।

काठमाडौंवाट सोमवार डडेल्धुराको स्थलगत रिपोर्टिङका क्रममा पुगेका बुढाथोकी र गौचनलाई एफएमका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले एफएममा स्वागत गर्दै सम्मान गरेका हुन्। काठमाडौं मुकामवाट देशभरका रेडियो तथा एफएमहरुमा ग्रामिण महिलाहरुको आवाज वनेर उनीहरुकै विषयमा कार्यक्रम निर्माण गर्दैआएको महिला शक्ति विकास केन्द्र नेपालले ग्रामिण महिलाहरुको विषयमा विभिन्न कार्यक्रमहरु विगत आधा दशकदेखि निरन्तर गर्दै आएको छ। जसवाट उनीहरुका जीविकापार्जन गर्न र गराउन धेरै मदत मिलेको अमरगढी एफएमको कार्यक्रममा सञ्चार अधिकृतले खुलासा गरेकी छन्।

सञ्चार अधिकृत बुढाथोकीको संयोजनमा निर्माण भएका ग्रामिण महिलाहरुको पैरबी वोकेको महिला आवाज अमरगढी एफएमले उच्च प्राथमिकताका साथ प्रसारण गर्दैआएको र यसवाट डडेल्धुरा लगायत वरपरका जिल्लाका महिलाहरु अत्यन्त लाभान्वित बनेको एफएमकी कार्यक्रम प्रमुख ममता भट्टले भनेकी छन्। कार्यक्रम प्रमुख भट्टका अनुसार, महिला शक्ति विकास केन्द्र नेपालको महिला आवाज कार्यक्रम सुदुरपश्चिममा सवैको प्रिय कार्यक्रम बनेको छ।

प्रकाशन मिति–२०७९ साल जेठ ३१ गते मंगलवार ।