काठमाडौं। चीन र अमेरिकाको व्यापार युद्धका कारण विश्वमा सुनको मूल्यमा अत्याधिक बृद्ध भएको छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो।

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर नेपालमा ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायीहरुको भनाई रहेको छ। सुनको मूल्यमा व्यापक बृद्धि भएयता सुनको किनबेच भने निक्कै कम भएको छ।

किन्ने भन्दा बेच्नेहरु सुन पसलहरुमा पुग्ने गरेको पाइएको छ। मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ। सुन पसलहरुमा पहिलाजस्तो सुनको मूल्यमा व्यापक बृद्धि भएपछि चहलपहल घटेको छ।


प्रकाशन मिति–२०७६ साल साउन २८ गते मंगलवार ।