gold-ornamentsकाठमाडौ। तीन सय रुपैयाले दुई दिनअघि मात्र सस्तिएको सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा महंगिएसँगै सुनको भाउ शुक्रबार ५८ हजार पाँच सय रुपैयाँ पुगेको छ। शुक्रबार अन्त्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १३ सय २९ डलर छ । यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेको छ। तोलाको ३५ रुपैयाँले बढेर चाँदी आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।