काठमाडौं। नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा अचाक्ली बृद्धि भैरहेको अवस्थामा आज बुधवार सुनको मूल्यमा एकाएक एकैदिन ६ हजार रुपैयाँले घटेको छ।

हिजो १ लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार २ सयले घटेर ९५ हजार ४ सय कायम भएर कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारबाट यता सुनको मूल्य क्रमिक रुपमा ओरालो लाग्न शुरु गरेको थियो। यसअघि गत शुक्रबार सुनको मूल्य बढेर एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो ।

त्यस्तैगरेर, चाँदीको मूल्य तोलामा २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी हालसम्मकै उच्च १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल साउन २८ गते बुधवार ।