काठमाडौं। जापानी सहयोगी निकाय जाइकाको सहयोगमा निर्माण भएको नुवाकोटको शिवपुरी ७ सुनखानी स्थित कुम्भेश्वर माध्यामिक विद्यालयको १२ कोठे पक्की भवन तथा रुम टु रिडद्धारा निर्माण गरिएको पुस्तकालयको संयुक्त रुपमा उदघाटन भएको छ।

३ करोड ४० लाखको लगानीमा निर्माण भएको उक्त भवनको मंगलवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षा मन्त्री अर्जुन नरसिंह केसीवाट उदघाटन भएको हो।

व्यक्तित्व निर्माणमा अनुसाशन सबै भन्दा ठुलो जग रहेको बताँउदै नेता केसीले विद्यार्थीहरुको अनुसासनको निर्माण, चरित्रको निर्माण र सामाजिक विधि व्यवहारको निर्माणमा विद्यालयले ध्यान दिनुपर्ने बताएका छन्।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंक केसी, शिवपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापा, नेपाली काँग्रेसका युवा नेता रमेश महत, शिवपुरी गाँउपालिकाकी उपाध्यक्ष मञ्जु केसी, गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठक, शिवपुरी गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवाल, बिद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलिया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद पाण्डे लगायतले विद्यालयको महत्व र विद्यार्थीहरुको बर्तमान स्थिति तथा विविध विषयमा प्रकाश पारेका थिए।
प्रकाशन मिति–२०७६ साल पुस २९ गते मंगलवार ।