काठमाडौं। विश्वभर आतंकको रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि एघार दिन भैसकेको छ। यसअवधिमा देश तथा विदेशमा बस्ने नेपालीहरु संयमताका साथ घरैमा बसेर कोरोनाभाइरससंग सामना गरिरहेका छन्।

बाँच्नका लागि काम छाडेर घरैमा बस्नुपरेको यथार्थता छ भने, अर्कोतिर आफूभित्रको प्रतिभा प्रदर्शन गर्ने यो उपयुक्त समय पनि भएको छ। फोटोग्राफी तथा फ्रेमिङमा माहिर फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनी बन्द भएको पनि आजवाट एघार दिन भैसकेको छ।

फोटोग्राफी तथा फ्रेमिङको काममा भ्याइँनभ्याइँ हुने सीवी माउण्ट एण्ड फ्रेमिङका एक दर्जनभन्दा बढी कामदारहरु लकडाउनका कारण घर फर्किसकेका छन्। यता सीवी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा च्याङ्बा लामा र मैच्याङ नानु लामा सहित परिवार मात्र छन्।

हरेक दिनजसो बिजी बन्ने कंपनीमा हरेक दिन एक्लै चुपचाप बसेर लकडाउनमा फोटोग्राफीका नयाँ तकनिकी तथा फ्रेमका डिजाइनलाई परिमार्जन गरेर त्यसमा नयाँपन दिने कार्यमा च्याङ्बा लामा तल्लिन बनिरहेको बताएका छन्।

लकडाउनमा सुतेर विताउने समयलाई एक्लैभएपनि फोटो तथा फ्रेमिङको सिर्जनामा मनमगन बनिरहेका च्याङ्बा आफूलाई कतिबेला त समय गएको पनि थाहा हुन छाडेको पनि बताउंछन्। सुनसान सडक अनि खाली खाली अफिसमा एक्लै निर्जन जंगलमा जस्तै सोचमा डुबुल्की मारेर आफूले खिचेका फोटो तथा बनाएका फ्रेमहरुमा नयाँपन ल्याउन सिर्जना गरिरहेका च्याङ्बा लामालाई लकडाउनले सिर्जनाको तपस्वी बनाएको छ।

यसकारण पनि आफूलाई लकडाउनको गुनासो हुन छाडे्को र बरु, यो बानीमा परिवर्तन हुन थालेको सुनाउंछन्। लकडाउन पश्चात बजार खुलेको बेला लकडाउनले गुमेको फोटो र फ्रेमिङको बजारलाई बुम बनाउन आफूभित्रै देखि तयार बन्दैगरेको र सवैले आफूले जस्तै सिर्जना गर्न अनुरोध गर्छन्। कसैमा पनि डिप्रेसन नहोस् भनेर भगवानसंग प्रार्थना गर्ने कार्य पनि उनीवाट भएको छ।


प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।