काठमाडौ । सुन्तला भनेपछि सवैको मुख रसाउंछ । झन चिसो महीनाको घाम तापेर सुन्तला खानुको मज्जा पनि वेग्लै हुन्छ । सुन्तलामा प्रशस्तै भिटामिन सि लगायतका पोषण तत्वहरु पाइन्छन् । प्राय हामी सवैको वानी छ,सुन्तला खाने तर बोक्रा फालिदिने। हामी सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । तर त्यही फालिएको बोक्राले हाम्रो ज्यान वचाउन सक्छ। सुन्तलाको बोक्रा खाइँदैन मात्र होइन यसको अरु काममा पनि प्रयोग गरेको पाइदैन्।

युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको पाइन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांशंलाई थाहै छैन्। यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन वरु सुरक्षीत गरेर राख्नुहुनेछ । यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ।

Page No.6- Orange
अनुहारमा दाग, धब्बा छ स् यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा चट हुनेछन् । सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ ।

अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा हुँन्छ । सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी हुन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ । सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदै फाइदा हुन्छ । निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ।

प्रकाशन मिति–२०७२ साल माघ ९ गते शनिवार ।