काठमाडौं। प्रतिभाशाली सुन्दरीहरुले गजबले जन्मदिन मनाइदिने कार्य भएको छ। काठमाडौंको बसन्तपुर स्थित रेक्स फेसन होममा सुन्दरीहरुले जन्मदिन मनाउने कार्य भएको हो।

प्रत्येक बर्ष प्रतिभाशाली व्यक्ति–व्यक्तित्वहरु चयन गरेर राष्ट्रको लागि दिदैआएको रेक्स फेसन होमका सीईओ रेक्स रञ्जितकारको जन्मदिनलाई विशेष बनाएर सुन्दरीहरुले मनाइदिने कार्य भएको हो। बडा दशैंको पूर्वसन्ध्या अर्थात घटस्थापनाको अघिल्लो दिन जन्मेका सीईओ रेक्स रञ्जितकारको बेग्लै सोच र बेग्लै तौर–तरीकाले शनिवार मनाउने कार्य मिस नेशनल २०१९ विजयी सुन्दरीहरुका साथमा मिस एसइई सुन्दरीहरुले संयुक्त रुपमा मनाउने गजबको कार्य गरेका हुन्।

बरिष्ठ मानवअधिकारकर्मी डा.विजय सैंजुको प्रमुख आतिथ्यता तथा चर्चित गायक सचिन रौनियारको विशेष आतिथ्यतामा रेक्स फेसन होमका सीईओ रेक्स रञ्जितकारको जन्म–दिनलाई उत्सवको रुपमा मनाउने कार्य भएको छ।

रेक्स फेसन होमका सीईओ रेक्स रञ्जितकारको जन्म–दिनकै दिन रेक्स फेसन होमको पनि स्थापना भएको कारण डब्बल उत्सव भएको जानकारी रेक्स फेसन होमका अध्यक्ष खगेश रञ्जितकारले दिएका छन्।

कार्यक्रममा बरिष्ठ मानवअधिकारकर्मी विजय सैंजु, चर्चित गायक सचिन रौनियार, भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत, लेक्चर्र संगम रिजाल, मिस्टर नेशनल रविन तण्डुकार, क्याराओके आइकन अशेष महर्जन लगायतलाई रेक्स फेसन होमले सम्मान पनि गरेको थियो।


प्रकाशन मिति–२०७६ साल असोज ११ गते शनिवार ।