काठमाडौं। सुन्दर बन्ने सवैको चाहना हुन्छ। त्यो सुन्दरतामा आफूलाई हराउन चाहनेहरुको धेरैभन्दा धेरै अभिलाषा भएतापनि सवैको भने पूरा हुंदैन। अझ कतिले सुन्दर देखिन धेरै महंगा कस्मेटिक प्रयोग गरेर अनाहकमा अनुहारलाई कुरुप बनाउनेको पनि कमी भने छैन्।

त्यसमाथि, तपाई हाम्रो यो जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने हामी आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।

सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शिरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाइ–खवाइ लगायतले पनि सुन्दर बन्न मदत गर्ने गर्दछ। तसर्थ, हामीले खाने हाम्रा खानेकुरामा यी कुराहरुको प्रयोग हुनु अत्यन्त आवश्यक छ। जसवाट शारीरिक सौन्दर्यतामा निखारता आउने गर्दछ।

१– भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

२–बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

३– जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

४–ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।


(नामी साप्ताहिकवाट साभार )
प्रकाशन मिति–२०७८ साल जेठ २४ गते सोमवार ।