–खगेश रञ्जितकार
काठमाडौं। गुठी संस्थान अन्तर्गत रहेको सुन्धाराको टहरामा विना सूचना डोजर चलाउन खोज्दा अवरोध भएको छ। सुन्धाराका व्यापारीहरुले त्यस टहरामा विभिन्न गार्मेन्ट वेयर पसल संचालन गर्दैआएकोमा विना सूचना काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा अवरोध भएको हो।

गुठी संस्थानले पनि विना सूचना महानगरपालिकाको यसप्रकारको दादागिरी सह्य नभएको संस्थानका एक अधिकारीले वताएका छन्। गुठी संस्थानलाई नियमपूर्वक व्यापारीहरुले भाडा तिर्दैआएको र संस्थानकै अनुमतिमा पसल संचालन गर्दैआएको भनेका छन्। महानगरपालिकाले उक्त अस्थायी संरचनाको टहरा हटाउन कुनैप्रकारको सूचना नदिएकोमा उनीहरुले व्यापक गुनासो गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा रहेको गुठी संस्थानको सो जग्गामा करिब २२ वटा पसलको भाडा गुठी संस्थानलाई तिर्दे आएको व्यापारीहरुको दाबी छ। आफुहरुले गुठी संस्थानलाई भाडा तिर्दै आएको र संस्थानकै अनुमतिले पसल संञ्चालन गर्दै आएको दावी गर्दै व्यापारीहरुले पसल हटाउन मानेका थिएनन्। केही वर्षअघि सो क्षेत्रमा कम्प्लेक्स भवनको नक्सा स्वीकृत भएपछि महानगरपालिकाले पुरातात्विक सतल मासिने भन्दै नक्सा खारेज गरेको थियो।

यस वारेमा काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनकाजी महर्जनले स्थानीय व्यापारीहरुलाई सम्झाइबुझाइ गरेपछि व्यापारीहरु आफै पसल हटाउन सहमत बनेका थिए। जनताको भावना बुझेपछि डोजर फिर्ता भएको थियो। महानगरपालिकाले दादागिरी देखाउन खोजेपनि स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष चीनकाजी महर्जनको सदभावना तथा सहिष्णुतावाट व्यापारीहरु निक्कै प्रभावित वनेका थिए। उनीहरुले वडा अध्यक्ष महर्जनलाई देवता समान नै भएको प्रतिक्रिया दिएका थिए।
प्रकाशन मिति–२०७७ साल साउन २९ गते विहीवार ।