काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब नै भएको छ। यस वडामा २० वटा ठूला तथा साना राष्ट्रिय हस्पिटलहरु रहेको छ। यसअर्थमा काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब वडा नै बनेको हो।

हस्पिटल हब वडा भएको कारण यो वडामा उपचार्थ देशभरका नागरिकहरु आउने भएको कारण कोरोनाको वर्तमान कहरमा अझ धेरै सजकता अपनाउने कार्य वडावाट भएको सुपरस्टार वडा अध्यक्ष दीपक केसीले भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेका छन्।

 

ठूला त्रिविवि टिचिङ अस्पताल, गंगालाल मुटु अस्पताल, कान्ति बाल अस्पताल, बीरेन्द्र प्रहरी अस्पताल लगायतका २० वटा अस्पतालहरुको वडा भएको कारण गौरबशाली वडा भएको वडा अध्यक्ष केसीको भनाई रहेको छ। मानविय सेवा गर्ने वडा पनि भएको कारण ३ नंबर वडावासीहरुलाई कोरोनाको कहरमा विशेष सहयोग गर्ने कार्य भएको वडा अध्यक्ष केसीले भनेका छन्।

३ नंबर वडाका सहयोगी हातहरुको सहयोगवाट ३ नंबर वडा वाहेक छिमेकी बूढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकालाई पनि सहयोग गर्ने कार्य भएको पनि वडा अध्यक्ष केसीले बताए। कोरोना कहरवाट जारी लकडाउनमा रोगलेभन्दा भोकले मर्ने अवस्था आइसकेको कारण राहत दिने मोडालिटी परिवर्तन गरिएको बताउंदै मध्यम वर्गिय परिवारलाई समस्या भएको खुलासा गरेका छन्।

त्यसका लागि थर्डफेजमा डोर टु डोर गएर मध्यम वर्गलाई राहतदिने योजनामा रहेको वडा अध्यक्ष केसीको भनाई छ। राशन कार्ड नेपालमा आवश्यक भैसकेको र राशन कार्डले सहजिकरण हुने वडा अध्यक्ष केसीको जिकिर रहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १८ गते आइतवार ।