काठमाडौं। नेपाली चलचित्रका सुपरस्टार भुवन केसीको गुरुको खुलासा भएको छ। धेरैलाई सुपरस्टार हिरो भुवन केसीको गुरुको वारेमा कसैलाई थाहा नभएको वर्तमान अवस्थामा गुरुपूर्णिमाको दिन खुलासा भएको हो।

गुरुपूर्णिमाको दिन गुरुलाई सम्झने क्रममा सुपरस्टार हिरो भुवन केसीले नेपालका कुनै घगरान निर्देशक कसैलाई पनि गुरु भनेर भनेका छैनन्। आफ्नो गुरु भनेर आफ्नो फिल्मी लाइफकै पहिलो चलचित्र जुनीकी नायिका मिनाक्षी आनन्दलाई चिनाएकी छन्।

चलचित्र अभिनयको “च” पनि नजानेको समयमा चलचित्रको अभिनयमा लागेको त्यो चार दशक लामो समयअघि पहिलो पल्ट चलचित्र जुनीमा हिरोमा सेलेक्ट गर्दा निर्देशक शरद पालेकरले भन्दा अभिनयको हाउभाउ तथा कतिपय स्थानमा नमिलेको अवस्थामा पनि सिकाएको त्यो क्षण तथा पललाई नजरअन्दाज गरेर सुपरस्टार भुवन केसीले मिनाक्षी आनन्दलाई गुरु मानेको भनेका छन्।

चालिसको दशकका सुपरहिट नायिका मिनाक्षी आनन्दको खारिएको दरिलो अभिनयले चलचित्र जुनी जमेको थियो। आमा नेपाली भएतापनि पिता भारतीय मूलका अनि श्रीमान पनि भारतीय मूलका मिनाक्षी आनन्दको पहिलो नेपाली चलचित्र विश्व वस्नेत नायक भएको चलचित्र सिन्दूर हो। जुन चलचित्र विसं.२०३७–०३८ सालतिर निर्माण भएको थियो।

त्यसपछि, नायक शिव श्रेष्ठ अभिनित चलचित्र जीवन रेखाकी जब्बर नायिका मिनाक्षी आनन्दले नेपाल तथा पाकिस्तानको संयुक्त लगानीमा निर्मित चलचित्र हामी एक हौं मा अभिनय गरेपछि अभिनयवाट टाढा बनेकी थिइन्। त्य

सअघि, साउथ इण्डियन फिल्महरुमा जमेकी मिनाक्षी आनन्दको लोभलाग्दो अभिनय धेरैले विर्सेका छैनन्। सिन्दूर, जीवन रेखा, जुनी र हामी एक हौ नेपाली चलचित्रहरु मिनाक्षी आनन्दको लिडिङ रोल तथा जब्बर अभिनयकै कारण सुपरहिट बनेको हो।


प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।