काठमाडौं। रुनु पर्ला भन्ने डरले हाँस्न छाड्नु हुन्न जस्ता सुपरहिट गीतकी गायिका सविना कार्की हिजोआज बुटिक तथा व्युटीपार्लर उदघाटन लगायतका कार्यमा व्यस्त बन्न थालेकी छन्। 

सामाजिक अभियन्ता समेत रहेकी गायिका कार्की क्लासिक एफएमकी कार्यक्रम प्रस्तोता समेत हुन्। यिनै सुपरहिट गीतका सुपरहिट गायिका सविना कार्कीवाट केही दिनअघि मात्र समिश्रण बुटिकको पाँचौ बार्षिक उत्सव समारोहको शुभारम्भ गरेकी छन्।

समिश्रण बुटिक विगत पाँच बर्षदेखि ललितपुरको कुपण्डोल बुटिक लाइन रोडमा रहेको नाम चलेको बुटिक हो। जसको प्रोप्राइटर सुशिक्षा मल्ल शाह र आदित्य विक्रम शाह हुन्।

पाँचौ बार्षिक उत्सवको अवसरमा बुटिक क्षेत्रमा अझ नयाँ आयाम थप्ने प्रतिवद्धता पनि शाह दम्पत्तिले व्यक्त गरेका छन्। गायिका कार्कीले समिश्रण बुटिक आफ्नो घर–आँगनको उत्कृष्ट बुटिक हो भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल भदौं २३ गते सोमवार ।