काठमाडौ। पढ्नका लागि उमेरलाई छेक्दैन भन्ने प्रमाण नेपाली चलचित्र उद्योगकी सुपर स्टार हिरोइन करिश्मा मानन्धरले दिएकी छन्। ३० बर्ष अगाडि कक्षा ८ अध्ययनरत हुंदा चलचित्र सन्तान मार्फत नेपाली चलचित्र उद्योगमा छाएकी करिश्माले त्यसपछि भने अध्ययनलाई निरन्तरता दिन सकेकी थिइनन्।कक्षा ८ सम्म मात्र पढ्ेको त्यो तिक्तताले सधै सताएपछि गत बर्ष आफू पहिला कक्षा ८ सम्म अध्ययन गरेको काठमाडौको मैतीदेवी स्थित त्रिवेणी सामुदायिक विद्यालयमा भर्ना भएर कक्षा ९ मा भर्ना भएकी थिइन्। अरु आम  विद्यार्थी सरह विद्यालय गएर अध्ययन गर्न थालेकी अभिनेत्री करिश्माले गत बर्ष नै कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिएकी थिइन्।

करिश्माको परीक्षा केन्द्र ज्ञानेश्वर स्थित ग्यालेक्सी स्कुलमा परेको थियो। पहिलो दिन आफ्नो नाति पुस्ताका विद्यार्थीहरुसंग बसेर परीक्षा दिनुपर्दा बर्रर आँशु झरेको करिश्माले बताएकी छन्। अव भने बानी परेको र रमाइलो लागेको बताउने सुन्दरी अभिनेत्री करिश्माले कक्षा ९ को परीक्षा पास गरेर यो बर्ष कक्षा १० मा पुगेकी छन्।

यो बर्ष करिश्माले एसइइ परीक्षामा संलग्न भएर परीक्षा दिने भएकी छन्। यसले गर्दा पनि यो बर्ष अत्यन्त मेहनत गरेर अध्ययन गरिरहेको भनेकी छन्। करिश्मालाई उनको विद्यार्थी साथीहरुले भने करिश्मा म्याम भनेर संवोधन गर्ने गरेका छन्। साथीहरु पनि सुन्दरी नायिकालाई साथी बनाउन पाउंदा दंग देखिएका छन्।

प्रकाशन मिति–२०७५ साल बैशाख ७ गते शुक्रबार ।