काठमाडौ। चित्रमा विचित्रता ल्याउन सक्नु कलाकारको खुवी हो। अनि कलाकारको गजबको कलाकारिता हो।

कागजमा कोरिएको चित्रमा गहिराई तथा उचाई देखिन्छ भने, निश्चित रुपमा त्यो गजबको कलाकारिता हो। त्यो गजबको कलाकारितालाई थ्रीडी आर्ट पनि भन्ने गरिएको छ।

यिनै थ्रीडी कलाकारिताभित्रको अनौठो तर यथार्थ कलाकारिता ललितपुरको हात्तिबन स्थित लिट्टिल एञ्जल्स स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ बर्षकी सुमना बज्राचार्यको कलाकारितामा पाइएको छ।

काठमाडौं बसुन्धरा धापासी निवासी कागजमा कोरिएको चित्रमा विचित्रता प्रदर्शन गर्ने अदभूत कलाकार सुमना बज्राचार्यको चित्रमा चमत्कार संवन्धी यो भिडियो रिपोर्ट-

प्रकाशन मिति–२०७६ साल असोज २० गते सोमवार ।