Maha Ko Ma 5

काठमाडौ। नेपालभाषाका ख्यातिप्राप्त कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधर तथा सुखावती मल्टी प्रोडक्सनको अगुवाइमा अत्यन्त लोकप्रिय हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म नामक पुस्तकको उत्साहजनक विक्री भएको छ।

Sukhawati

Maha Ko Ma 3विशेषत नेपालभाषी कलाकार तथा प्राविधिकहरुलाई बेच्ने उदेश्य बोकेका कलाकार तुलाधरको उदेश्य महको म पुस्तक १० हजार कपी विक्री गर्नु हो। हालसम्म १ हजारभन्दा बढी पुस्तक विक्री भैसकेको छ।

Maha Ko Ma 1अष्ट्रेलिया जान लागेका निरज महर्जनले शनिवार मात्र कलाकार तुलाधरसंग २० कपी किनेर लगेका छन्। टोल टोलमा महको म भनेर प्रचार गरेर नेपालभाषी कलाकारहरुको सहयोगमा महको म विक्री गर्ने कार्य भैरहेको संकिपा समाजका अध्यक्ष समेत रहेका कलाकार तथा निर्देशक तुलाधरले भनेका छन्।

Maha Ko Ma 2नेपालभाषामा ख्यालि जुजु समेत उपाधि पाएका हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको कलाकारिताको प्रारम्भ नेपालभाषावाटै भएको हो। नेपालभाषालाई अत्यन्त माया तथा मोह गर्ने कलाकार श्रेष्ठको सम्मान स्वरुप यसप्रकारको कार्य गरेको जानकारी पनि कलाकार तुलाधरले भनेका छन्। जुन पुस्तकलाई सवैले अत्यन्त मन पराएका छन्।

Maha Ko Ma 4प्रकाशन मिति–२०७४ साल असोज ७ गते शनिवार ।