काठमाडौं। ईमेज एफएम तथा ईमेज टेलिभिजनको लोकप्रिय कार्यक्रम समयबजीका प्रस्तोता तथा कलाकार सुरेन्द्र मानन्धर असाधरण खुबी बोकेका स्रष्टा हुन भन्ने कुरा कमैलाई मात्र थाहा छ।

विशेषत नेपाली राजनीतिवाट वाक्क ब्याक्क भएर राजनीति छाडेर कलाकारितामा लागेका सुरेन्द्र मानन्धरलाई कार्यक्रम प्रस्तोता तथा कलाकार बनाएकै ईमेज एफएम र ईमेज टेलिभिजनवाटै हो। यसअघि, २०४६ साल र २०५४ सालमा गरेर काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा सदस्य बनेर जनसेवा गरेर लोकप्रियता कमाएका मानन्धरलाई पछि राजनीतिमा वितृष्णा पैदा भयो।

अनि २०६२ सालवाट ईमेज टेलिभिजनमा समयबजी नामक ट्वाक्क टुक्क व्यंग्यातत्मक कार्यक्रमको प्रस्तोता, कलाकार तथा निर्माता भए। जसवाट नेपाली समसामयिक कलाकारिता क्षेत्रमा नामी बनेका मानन्धरले २०६५ सालदेखि हालसम्म ईमेज एफएममा पनि कार्यक्रम प्रस्तोता मात्र नभइकन प्राविधिक भएर कार्यरत रहेका छन्।

गीत गाउन तथा टुक्का हाल्न त्यतिकै खप्पिस कलाकारका रुपमा मानिएका मानन्धर परम्परागत धाः,धिमे,खिँ लगायतका बाजाहरुका प्रशिक्षक समेत हुन्। दुई बर्षको अवधिमा ४० देखि ६५ बर्षको उमेर समूहका ८० जनालाई परम्परागत बाजा बजाउने कला सिकाएर  परम्परा जोगाउने कार्यमा पनि अग्रता दिएका छन्।

डबली नाटक देखि रंगमंचका नाटसम्म र म्युजिक भिडियो देखि टेलिफिल्मसम्म पनि चमत्कारिक अभिनयवाट सवैलाई मन्त्रमुग्ध बनाउने कार्य मानन्धरवाट हुंदैआएको छ।
प्रकाशन मिति–२०७८ साल भाद्र २९ गते मंगलवार ।