स्थानीय निर्वाचन अपडेट–

काठमाडौं। काठमाडौंको उत्तरी भेगको नगरपालिकाको नाम बूढानिलकण्ठ हो । बूढानिलकण्ठ नारायण भगवानको नारायणथान भएको कारण यस नगरपालिकाको नाम नै बूढानिलकण्ठ नगरपालिका भएको हो। यो नगरपालिकाको शुभारम्भ नारायणथान माथिको मुहान पोखरीवाट नै शुरु हुने गर्छ ।

मुहान पोखरीदेखि नारायणथान देउवाचोक नजिकसम्मको स्थान बूढानिलकण्ठ नगरपालिकाको वडा नंबर १ हो। विसं.२०७४ को स्थानीय निर्वाचन अघिसम्म विकास निर्माणको दृष्टिकोणले पछि परेको भएतापनि त्यसपछि निर्वाचित वडा सरकार प्रमुख अर्थात वडा अध्यक्ष सुरेन्द्र लामा आएपछि धेरै विकास निर्माण भएको ठहर स्थानीयको छ।

सूर्य ध्वजावाहक नेकपा एमालेवाट निर्वाचित सुरेन्द्र लामालाई
३० बैशाख, २०७९ मा हुन गैरहेको स्थानीय निर्वाचनमा दोश्रो इनिङमा पनि राम्रो कार्य गरेवापत नेकपा एमालेले टिकट दिएपछि अधुरा काम पूरा गर्न र गराउने प्रमुख लक्ष्य वोकेर लामा वडा अध्यक्षको उम्मेदवार वनेका छन्।

विकास निर्माणको अलावा स्थानीय वडावासीको शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा राखेर वडावासीको घरदैलोमा पुगिरहेका छन्। वडावासीको सुख तथा दुःखको आफू साथी भएको कारण वडावासीको हरेक समस्याको समाधान गर्न आफू कहिलेपनि पछि पर्ने नगरेको खुलासा पनि लामाले गरेको छन्।

विसं.२०४६ सालको जनआन्दोलनमा होम्मिएर कम्यूनिष्ट राजनीतिमा लागेर सूर्य ध्वजावाहक नेकपा एमालेमार्फत अग्रता कायम गर्दैआएका लामा राजनीति आफ्नो पेशा नभइकन नितान्त समाज सेवा हो भन्छन्।

समाज सेवा गर्न नै राजनीतिमा आएको लामाले भनेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नंबर १ को मुहारलाई अझ सुन्दर वनाउने तथा वडावासीको सुख, समृद्धि र खुशीका लागि समर्पित भएर काम गर्ने बाचा तथा कसम नै खाने कार्य भिजन संसार डटकमसंगको कुराकानीमा गरेका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख १७ गते शनिवार ।