काठमाडौ। नेपालभाषामा निर्माण भैरहेको चलचित्र माँ अर्थात आमाको छायाँकन अझै पूरा भएको छैन्। चलचित्र माँ छायाँकनकै क्रममा रहेको छ।

चलचित्र पूरा नभएको अवस्थामा पनि पहिलो पल्ट यस चलचित्रको एक गीतको भने मंगलवार नेपालमण्डल टेलिभिजनवाट रिलिज भएको छ। चलचित्र माँ को जिगु मतिना बोलको गीतको भिडियो रिलिज भएको हो।

यस गीतमा रजनी खड्गी तथा सन्जु खड्गीको अभिनय रहेको छ। विनोद बज्राचार्यले यस गीतमा कोरियोग्राफी गरेका हुन्। चलचित्र पूरा नभइकन पनि चलचित्रको प्रमोसनको लागि यस चलचित्र माँ को गीत रिलिज गरिएको जानकारी निर्माता तथा निर्देशक सुरेश खड्गीले भिजन संसारलाई बताएका छन्।

निर्देशक खड्गीका अनुसार चलचित्र माँ मा आमाको महत्व र आमाको आवश्यकता अनि एक आमाले सन्तानका लागि गरेको त्यागको कथा रहेको छ। जुन अत्यन्त प्रभावकारी बनेको दावी पनि निर्माता तथा निर्देशक खड्गीको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख ४ गते मंगलवार ।