Dron Cameraकाठमाडौ। सुर्खेतको आकाशमा बुधवार विहान एकाएक ड्रोन क्यामेरा उडेको पाइएपछि सुरक्षा निकाय देखि स्थानिय प्रशासन तनावमा परेका छन्। स्थानिय वासिन्दा भने, अचम्ममा परेका छन्।

अज्ञात दुई जना विदेशी नागरिकले बीरेन्द्रनगरस्थित गणेशचौकमा रहेको रातोपुलवाट ड्रोन क्यामेरा उडाएका थिए। ती अज्ञात विदेशी नागरिकले ड्रोन क्यामेरावाट नेपाल प्रहरी, नेपाली सेना, जिल्ला कारागार र स्थानिय प्रशासन लगायतका सुरक्षा दृष्टिकोणले अति संवेदनशील क्षेत्रको फोटो लिएको आशंका प्रहरीको रहेको छ।

अनुमति विना नै सुर्खेतको आकाशमा ड्राने क्यामेरा उडेपछि सुरक्षा निकायलाई भने टाउको दुखाईको विषय बनेको छ। त्यसरी विना अनुमति ड्रोन क्यामेरा उडाउने दुई विदेशी नागरिकको खोजी गर्ने कार्यमा सुर्खेतका प्रहरी लागिरहेको बताइएको छ।

ड्रोन क्यामेरा उडाएको आधा घण्टामा नै ती विदेशी नागरिक बेपत्ता बनेको बुझिएको छ। सुर्खेतका स्थानियलाई समेत छलेर बेपत्ता बनेका ती विदेशीहरुलाई पक्रनको लागि जिल्लाका सवै नाका शिल गरेर खोजतलास गरिएको सुर्खेत प्रहरी प्रमुख एसपी बीरेन्द्र श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।