Mr.Deepak Raj Gir-Nepali Film Chhakka Panja Producer & Actor.
Mr.Deepak Raj Gir-Nepali Film Chhakka Panja Producer & Actor.

काठमाडौ। चलचित्र छक्का–पञ्जाको पाइरेसीको आरोपमा परेका नवलपरासीका तन्नेरी कृष्ण सुवेदीले आत्महत्या गरेको खवर भाइरल बनेपछि चलचित्र छक्का–पञ्जाका निर्माता तथा अभिनेता दीपकराज गिरीले मुख खोलेका छन्।

निर्माता–अभिनेता गिरीले सुवेदीको आत्महत्यालाई छक्का–पञ्जालाई जोडिनु संवेदनाहीन आरोप भएको र यसले आफूलाई मर्माहित तुल्याएको फेसबुकको स्टाट्सवाट भनेका छन्। खाएको विष मात्र लाग्नु पर्ने हो नखाएको विष लाग्न नपर्ने हो भन्दै गिरीले मृतकको परिवारको पीडा सम्झेर दुःखी भएको उल्लेख गरेका छन्।

Late Krishna Subedi
Late Krishna Subedi

मृतक सुवेदीसहित चारजना युवाहरुलाई पाइरेसी गरेको आरोपमा प्रहरीले पक्राउ गरेतापनि उनीहरुले पैसा कमाउने नियतमा त्यस्तो कार्य नदेखिएकोले आफूले केटाहरुको भविष्य विग्रिन्छ भनेर सामान्य तारेखमा छाडिएको र आइतवारवाट उक्त तारेखवाट उनीहरु मुक्त भैसकेको र उनीहरुलाई कुनै सार्वजनिक मुद्दा नचलाइएको पनि गिरीले भनेका छन्।

ती चारैजना युवाहरुलाई संझाएर हदैसम्मको नरम व्यवहार देखाएर छोडिएको गिरीको जिकिर रहेको छ। यद्यपि, छक्का–पञ्जालाई यसको भागिदार भएको आरोप आउंदा आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्। पाइरेसी आरोपमा सफाइ दिइसकेको अवस्थामा युवकको मृत्यु भएको र त्यसको कारण अनुसन्धानवाट खुल्ने तथा आफूहरुवाट १ प्रतिशत मात्र गल्ती भएको सावित भएमा पनि आफूहरुले सजाय भोग्न तयार भएको स्टाट्समा लेखेका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २९ गते शुक्रबार ।