काठमाडौं। सुश्री नामक नेपाली चलचित्र निर्माण गरेर नायिका बनेकी आशिका तामाङ १ करोड घाटामा परेकी छन्। चलचित्रमा देखिने मोह र चलचित्र निर्माण गरेर व्यावसायिक बन्ने सोचमा लागेकी आशिका मज्जाले घाटामा परेको हो।

चलचित्र सुश्रीमा निस्फिक्री रक्सी र चुरोट खाने विन्दास युवतीको रोलमा रहेकी आशिकाको त्यस चलचित्रमा आर्यन सिग्देल नायक हुन्। चलचित्र सुश्रीले खासै व्यापार जमाउन नसकेपछि १ करोड घाटामा परेपछि आशिका फेरि जर्मन फर्केकी थिइन्। त्यो डुवेको १ करोड रकम कमाउन जर्मनमा दुई बर्ष दुःख गरेर काम गर्नु परेको आशिकाको भनाई रहेको छ।

नेपाली चलचित्र निर्माण गर्नेहरु ९५ प्रतिशत निर्माताहरु घाटामा पर्ने गरेको आँकन गरेकी आशिकाले ५ प्रतिशत मात्र सफल हुने गरेको बताएकी छन्। अव त्यही ५ प्रतिशत भित्र आफू आउने गरेर चलचित्र निर्माण गर्ने सोचमा लागेकी पनि आशिकाले भनेकी छन्। अव उप्रान्त सवै कुरा बुझेर मात्र चलचित्र निर्माण गर्ने आशिकाको सोच रहेको छ।


प्रकाशन मिति–२०७५ साल मंसीर ५ गते बुधवार ।