काठमाडौं। तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ। तीज आयो भाका बोलको गीतको तीज गीतको भिडियो सार्वजनिक भएको हो।

महिला उद्यमी तथा वरिष्ठ व्युटिसियन एवम् फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौलाकै रहेको छ। संगीत संयोजन निरज श्रेष्ठले गरेका छन्।

भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य हेर्न पाइन्छ। भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ।

उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७६ साल भदौं ३ गते मंगलवार।