काठमाडौं। नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १२ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कमलादी स्थित सीडब्लु पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भव्य रुपमा फेसियल हाउसले आफ्नो स्थापनाको १२ औं बार्षिक उत्सव मनाएको हो।

फेसियल हाउसका संस्थापक अध्यक्ष सुषमा महराको अध्यक्षतामा भएको १२ औं बार्षिक उत्सव कार्यक्रममा फेसियल हाउसका कार्यकारी निर्देशक उज्ज्वलजंग शाहले फेसियल हाउसले सौन्दर्य क्षेत्रमा पु-याएको योगदानको वारेमा प्रकाश पारेका थिए।

उपभोक्ताविज्ञ प्रेमलाल महर्जनले फेसियल हाउस उपभोक्ताहरु माझ सुपरिचित नाम बनेको जिकिर गरे। प्रतिनिधि सभाका सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेसियल हाउसमा कार्यरत सर्वोत्कृष्ट कर्मचारीहरुलाई विशेष सम्मान सहित पुरस्कृत गरिएको थियो।

प्रकाशन मिति–२०७६ साल पुस १० गते विहीवार ।