काठमाडौ। नेपालमा सूचना–प्रविधिको क्षेत्रमा अझैपनि दक्ष जनशक्ति भनेजस्तो नहुंदा सोच तथा लक्ष्य अनुरुप कार्य हुन नसकेको यथार्थता रहेको छ। समय सूचना–प्रविधि विना अघि बढ्न नसक्ने अवस्थामा पुगिसकेको बेलामा कतिपय स्थानमा उही पुरानै ढर्रामा कार्य हुंदैगर्दा सेवाग्राहीहरुलाई असर पर्ने गरेको छ।

त्यसलाई दूर गर्नका लागि नेपालका प्राय सरकारी तथा गैरसरकारी निकायहरुले सूचना–प्रविधिलाई महत्व दिन थालेको जिकिर नेपालका सफ्टवेयर इञ्जिनियर विनोद भगतको (Binod Bhagat)रहेको छ।  सरकारी तथा गैरसरकारी निकायलाई आइटीको स्मार्ट हब बनाउने उदेश्यले विगत ६ बर्षदेखि निरन्तर लाग्दैआएका भगतले वेबसाइट, आर्थिक सफ्टवेयर, सेक्युरिटी अडिट, डाटा एनालाइसिस जस्ता हजारौ किसिमका कार्यहरु सफलतापूर्वक कार्य गरिसकेको बताएका छन्।

सूचना–प्रविधिको असल मास्टर समेत रहेका भगत सूचना–प्रविधिका हजारौ विद्यार्थीका प्रेरक तथा पथप्रदर्शक समेत बन्दैआएका छन्। यतिखेर गोरखापत्र संस्थालाई आइटी स्मार्ट बनाउने कार्यमा दक्षतापूर्वक लाग्दैआएका भगतले US AID को प्रोजेक्टमा सूचना प्रविधि कन्सल्ट्यान्ट बनेर कार्य गर्नुको अलावा शिक्षा विभागको आइ.सी.टी. रिसर्चर बनेर उच्च दक्षता प्रस्तुत गरेका कारण अचेल भगतलाई सूचना प्रविधिको अभियन्ता भन्ने गरेको छ।

विभिन्न राजनीतिक दलहरुको वार रुमको पनि डिजाइन गरिसकेका भगतले नेपालमा दर्जनौ व्यापारिक प्रतिष्ठानहरुलाई सूचना–प्रविधिको सल्लाह तथा सुझाव दिएर माथि उठाउन मदत गर्दैआएका छन्। पूर्वी नेपालको मोरङ जिल्लाको बुढीगंगा गाउंपालिका वडा नंबर ४ मा जन्मी–हुर्केका भगतको शिक्षा–दीक्षा मोरङकै टंकीसिनवारी स्थित श्रीनाराग्राम माविवाटै भएको हो।

पढाईमा कहिले पनि सेकेण्ड नबनेका भगत जहिले पनि फस्ट डिभिजनमा नै उत्तिर्ण बनेर सवैको वाहवाही बन्दै आएका हुन्। स्कुले लाइफ पश्चात उच्चशिक्षा अध्ययन सूचना प्रविधिमा नै गरेका उनले Purwanchal School of Engineering & Technology (PUSET) विराटनगरवाट BCA पूरा गरेर हैदराबादसम्म पुगेर सूचना प्रविधिको JAVA र PHP प्रोग्रामिङको तालिम सकेर विसं. २०६७ सालमा फ्रिलाइन्सर बनेर कार्य गर्दैआएका हुन्।

विसं.२०६८ सालवाट भने आफैले टक्स टेक्नोलोजी नामक संस्था स्थापना गरेर यसैवाट निरन्तर सूचना प्रविधिको क्षेत्रमा योगदान दिने कार्य गर्दैआएको भगतले भिजन संसारलाई भनेका छन्। विनोद भगत जस्ता सूचना प्रविधिका हस्तीका कारण दिनानुदिन नेपाल पनि सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्दैगएको आभास भएको छ। सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने कार्यमा अहोरात्र भगत खटिरहेका छन्।

A Software Engineer,Binod Bhagat is a Nepalese programmer, ICT Researcher, IT Activist & IT entrepreneur in Nepal.

प्रकाशन मिति–२०७४ साल माघ ५ गते शुक्रबार ।