टाम्पा, अमेरिका। अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले सूर्यको निकै नजिकसम्म पुग्ने विमान पठाएको छ। सूर्यको सतह अध्ययनको लागि आइतबार नासाले १ अर्ब ५० करोड अमेरिकी डलरबराबरको रकेट पृथ्वीबाट छाडेको हो।

पर्कर सोलार प्रोब नाम दिइएको उक्त रकेट नासाको महत्वाकांक्षी योजनाअनुसार आइतबार सूर्यतर्फ उडेको हो । यो रकेट सूर्यको बाहिरी कोरोना भागसम्म पुग्नेछ। यो रकेट सूर्यको निकै नजिक पुग्दा पनि चिसो रहने बताइएको छ। साथै सूर्यको विषयमा व्यापक अध्ययनका लागि यसले त्यहाँको विवरणहरु पनि पठाउने छ।

नासाका वैज्ञानिकहरुले यो रकेट उडेसँगै नयाँ उत्साह थपिएको बताएका छन्। अहिलेसम्म सूर्यको यति नजिकसम्मको लागि कुनै पनि योजना नआएको खण्डमा नासाले महत्वाकांक्षी योजना ल्याएको हो। यो रकेट सात वर्षमा आफ्नो गन्तव्यमा पुग्ने बताइएको छ। जतिबेलासम्म उसले सूर्यलाई २४ पटक परिक्रमा गरेको हुनेछ।

नासाको यो रकेट उडेको हेर्नलाई उडाउने स्थलमा हजारौं मानिसहरु उपस्थित थिए । यो रकेट इयुगेन पर्करको नाममा राखिएको हो। नासाले पहिलोपटक सौर्य आँधी हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए । आइतबार रकेट उडाउने क्रममा उनी पनि सहभागी थिए। जीवित मानिसको नाम दिइएको यो रकेट नासाको पहिलो रकेट हो।

पृथ्वीदेखि सूर्यको बीचको दूरी करिब १५ करोड किलोमिटरबराबरको रहेको छ। अहिले नासाले पठाएको रकेट यो दूरीको ४ प्रतिशतभन्दा कम दूरीमा सूर्यको नजिक जानेछ । यो रकेट सूर्यको कोरोनाभन्दा पनि भित्री भागसम्म पुग्नसक्ने बताइएको छ । यो रकेट तातोले विष्फोट नहुन्जेलसम्म अघि जाने भएकोले उक्त भागभन्दा पनि अघिसम्म जानसक्ने बताइएको हो।

नासाले पृथ्वीका लागि सूर्य निकै महत्वपूर्ण ग्रह भएकोले यो मिसनबाट धेरै फाइदा लिनसकिने बताएको छ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।