काठमाडौ। सुरक्षित यौनको खोजीमा लागेकाहरुका लागि भरपर्दो माध्यम सेक्स डल भन्ने कुरा सुनिएको हो। त्यो सेक्स डल विश्वभर चर्चाको विषय बनेको छ। र धेरैले त्यसलाई उपभोग गरेर आफ्नो यौन जीवनलाई सुरक्षित बनाएको पाइएको छ।

नेपालमा पनि सेक्स डलको खपत दिनानुदिन बृद्धि भैरहेको अवस्थामा विश्वमा यतिखेर सेक्स रोबोटको पनि निर्माण भएको छ। सेक्रेट सेक्स रुचाउनेहरुका लागि यतिखेर सेक्स डल होइन, मानिसले जस्तै सेक्स गर्न खुवी भएका सेक्स रोबोटको निर्माण भएको छ। विशेषत महिलाहरुको सेक्स चाहना र अतृप्त सेक्स इच्छालाई परिपूर्ति गर्ने सेक्स रोबोटको निर्माण भएर यसको प्रयोग पनि हुन थालेको खवरले हल्ली–खल्ली मचिन थालेको हो।

यो रोबोटको मूल्य ८ हजार पाउण्ड अर्थात् झण्डै १२ लाख रुपैयाँ पर्दछ । यो पुरुष सेक्स रोबोटको नाम हो हेनरी । अमेरिकाको डिलावेरमा रहेको रियलबटिक्स कम्पनीले यो सेक्स रोबोट तयार गरेको हो । यसको तौल ३८ किलोको छ । यो पुरुष सेक्स रोबोट ६ फिट अग्लो छ। यो अत्यधिक यौनक्षमता युक्त रोबोट हो र सुपरह्युम सेक्सुअल पर्फमेन्स दिनेछ।

त्यतिमात्र होइन, यो रोबोटमा सेन्स अफ ह्युमर पनि रहेको छ र जोक्स सुनाएर हँसाउन सक्दछ। यो सुगठित जिउको छ, सिक्स प्याकयुक्त। यसको गाढा लुक्सले महिलालाई भुतुक्कै पार्न पर्याप्त छ। महिलाका यौन आवश्यकता पूरा गरिदिने यो रोबोटले आफ्नी यौनसाथी महिला अर्थात् मालिक्नी कामबाट घर आएसँगै स्वागत गर्ने र उनको मनपर्ने टिभी सिरियल तथा फिल्मका बारेमा चर्चा गर्दछ।

मालिकसँग प्यार जनाउनका लागि मनपर्ने गीत, कविता तथा रोमान्टिक कुराहरु पनि सुनाउँदछ। यो रोबोट ग्राहकको आवश्यकता अनुसार बनाइन्छ। ग्राहकले रोबोटको जिउडाल, पर्फमेन्स, लुक्स आदिको सम्बन्धमा गरेको माग बमोजिम कम्पनीले रोबोट तयार गरिदिने गरेको छ । कम्पनीका अनुसार यो रोबोटले दुनियाभरका एक्ला महिलाहरुको जिवनसाथीको कमी पूर्ति गर्नेछ। यो केवल सेक्स डल मात्र नभएर जिवनसाथीकै रुपमा रहने पनि कंपनीको दाबी छ। कम्पनीले यसअघि हार्मोनी नामक महिला सेक्स रोबोट पनि बनाएको थियो।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २० गते मंगलवार ।