काठमाडौ। नेपाली लोकदोहरी गीतमा आफूभित्रको हाउभाउ तथा ग्ल्यामर मिसाएर दर्शक तताउने कार्य कसैवाट भएको छ भने, त्यो ज्योति मगरवाट भएको छ। ज्योतिको हाउभाउ नै अक्सर गीत सुनाउने नाममा दर्शकलाई आफूतिर आकर्षित गर्नु हो। त्यसको लागि स्टेज प्रोग्रामहरुमा कस्तो हर्कत गर्नु पर्छ भन्ने कुरा ज्योतिलाई राम्ररी थाहा छ।

Jyoti Magar 3त्यो थाहा प्रयोग ज्योति मगरबाट दाङ्गको तुलसीपुरमा आयोजित मध्यपश्चिम क्षेत्रिय व्यापारिक मेलामा भएको छ। तुलसीपुरमा दर्शकलाई तताउन तथा उत्तेजित पार्नका लागि गीत गाउंदा गाउंदै दर्शकदीर्घामा नै आफूले लगाउंदै गरेको ज्याकेट नै फालेकी थिइन्।

Jyoti Magar 2

ज्योतिले फालेको ज्याकेट लिन दर्शकहरुवीच खोसाखोस नै भएको थियो। मेलाको अन्तिम दिनमा ज्योति मगरको प्रस्तुती जब सुरु भयो तव हुटिङ र होहल्ला सुरु भयो । ‘जिम्माल बाउकी छोरी अध्याँरोमा लाको मायाँ कालो हो कि गोरी’ भन्ने गीत गाउँदै ज्योतिले आफूले लगाएको ज्याकेटनै खोलेपछि हजारौं दर्शक सहभागि भएको कार्यक्रममा हुटिङ झन् बढ्यो।

Jyoti Magar 1

ज्योतिको प्रस्तुतिले नजिकमा रहेका युवाहरु उनको फोटो खिच्न तछाडमछाड गर्न थाले भने पछाडि रहेका युवाहरुले उफ्रिदै अगाडि बसेकाहरुलाई घुचट्न थाले । उनको प्रस्तुतिको नसामा लठ्एिका युवाहरुको उफ्राईका कारण बालबच्चाहरुसंग बसेका आमा र वृद्धहरुलाई बसिनसक्नु भयो । त्यति मात्र हैन ज्योतिको प्रस्तुतिका कारण युवाको हुटिङ र होहल्लाले भिड नियन्त्रण गर्न प्रहरी र स्वयमसेवकलाई हम्मेहम्मे भएको थियो।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।