Facebook sex 1

काठमाडौ। फेसबुक मार्फत यौनधन्दा चलाउन खोज्ने ललितपुरको बागडोल निवासी सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका बस्नेतले फेसवुकमा सेक्स पेज नै खोलेर त्यसमार्फत दुई दर्जनभन्दा बढी युवतीहरुको मोवाइल नंबर सार्वजनिक रुपमा राखेर यौनधन्दा चलाउन खोजेको पाइएको महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भनेका छन्।

त्यस फेसबुक पेजमा सेक्स वर्कर देखि कलेज पढ्ने युवतीहरुको फोन नंबर राखेर नेपालमा यौनधन्दा चलाउने प्रयास बस्नेतवाट भएको प्रमुख अमात्य भन्छन्। त्यसरी बस्नेतले फेसबुकमा सार्वजनिक रुपमा नंवर राखिदिएपछि नंबर राखिएका युवतीहरुलाई धमाधम एकरातको कति पैसा लिन्छौ लगायतका ठाडै सेक्स प्रस्ताव आउन थालेपछि केही युवतीहरु हैरान बनेर महानगरिय प्रहरी परिसर टेकुमा त्यस विरुद्ध उजुरी दिएका थिए।

ती युवतीहरुलाई ठाडै सेक्स प्रस्ताव राख्ने मध्येका एक ललितपुर ग्वार्को बस्दै आएका रौतहट चन्द्रनिगाहापुर–२ स्थायी घर भएका सागर धिताललाई प्रहरीले नियन्त्रणमा लिएपछि यस कुराको खुलासा भएको हो। सागरको बयानवाट फेसबुक मार्फत यौनधन्दा चलाउन खोज्ने बस्नेतको पर्दाफास भएको हो।

बस्नेतले अश्लिल फेसवुक आईडी बनाएर महिलाको नाम र नम्बर राखेर चरित्र हत्या गर्दै आएको पनि खुलेको छ। आफूसंग साथी भएकाहरुलाई समेत युवतीका नम्बर मागेर उनले सेक्स बार्गेनिङ गर्ने गरेको र सेक्स बार्गेनिङ गर्दा नमानेमा उनले सार्वजनिक रुपमै फेसवुकमा नाम र नम्बर पोष्ट गर्ने कार्य गर्दैआएको बुझिएको छ। जसवाट धेरै युवतीहरु पीडित बनेको अनुसन्धानवाट पत्ता लागेको प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।